किन गनाउँछ मुख ? के तपाईले यस्ता गल्ती त गर्नु भएको छैन ? सावधान,यसरी राख्नुस् मुख र दाँत स्वस्थ

रामेछाप खबर संवाददाता

काठमाडौं ।

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि सक्छ । मुखको सफाइका लागि ध्यान दिनुपर्ने कुरा :

धेरै गुलियो, अमिलो खानेकुरा सकेसम्म कम खाने । धेरै तातो र धेरै चिसो नखाने । मादक पदार्थ, धूम्रपान र सुर्ती सेवन नगर्ने । हतारमा, जोडसँग घोटेर दाँत नमाझ्ने । मुखमा खानेकुरा राखेर नसुत्ने । बच्चाको मुखमा दूधको बोतल राखेर नसुताउने । बिहान खाना खाएपछि र राति सुत्नुअघि दाँत माझ्ने ।

रेसा भएको र पोसिलो खानेकुरा खाने । पानी प्रशस्त पिउने । वेलावेलामा मुख कुल्ला गरेर दाँतमा अड्किएका खानेकुरा हटाउने, डेन्टल फ्लसको प्रयोग गर्न पनि सकिन्छ । नरम ब्रसले दाँत माझ्ने, जिब्रो पनि सफा गर्ने । फ्लोराइडयुक्त मन्जन प्रयोग गर्ने । हरेक ५ महिनामा दाँत जँचाउने ।

प्लस टिप्स
डब्लुएचओका अनुसार नेपालका ६० प्रतिशत बालबालिका र पाँचदेखि १० प्रतिशत वयस्क तथा युवामा दाँत र मुखमा समस्या देखिने गरेको छ । मुख गनाउनुको प्रमुख कारण जिब्रो सफा नहुनु हो

के के कुरा खानु हुँदैन दूधसँग ?

काठमाडौं- दूध पिउँदा शरीरलाई अनेकौं फाइदा हुन्छ । यसमा भएको क्याल्सियम, म्याग्नेसियम र भिटामिनले हाम्रो हड्डी बलियो बनाउँछ । तर दूधसँग गलत खानेकुरा खानुभयो भने चाहिँ त्यसले विषको काम गर्छ र शरीरलाई हानि हुन्छ । के के कुरा खानुहुँदैन दूधसँग ?

सुन्तला, अंगुर र कागती

दूध पिउनेबित्तिकै केही मानिस कागतीपानी पिउँछन् । पेटमा गएर यी अम्लीय पदार्थले दूधलाई फटाइदिन्छन् । यसकारण पेटमा विषालु पदार्थ उत्पन्न हुन्छ र अनेकौं समस्या आउँछ । अनि यसले रुघाखोकी, कफ र एलर्जीको समस्या आउँछ ।

मासु
दूध र मासु दुवै भारी पदार्थ हुन् र यिनको एकैचोटि सेवन गर्दा शरीरमा पोषक तत्त्वको अधिकता हुन्छ र पचाउन मुश्किल पर्छ । पाचन प्रक्रिया बिग्रेर एसीडीटीको समस्या आइलाग्छ ।

माछा
माछा खाएपछि दूध पिउँदा पेटमा अम्ल उत्पन्न हुन्छ र खाना नपच्ने र पेट दुख्ने समस्या आइलाग्छ ।

नून
दूधसँग कुनै पनि नूनिलो खानेकुरा नखानुस् । यसको तत्कालीन असर नदेखिएपनि वर्षौंसम्म यसो गर्दा शरीरमा सेता दागहरू देखिन थाल्छन् ।

एजेन्सी