कुवेतबाट आयो दुखद खबर, चार नेपाली कामदार यस्तो अवस्थामा पक्राउ, यस्तो रहेछ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, २२ भदौं ।

काठमाडौं : कुवेतमा गैरकानूनीरुपमा मदिरा व्यापार गरेको आरोपमा पुनः चार नेपाली कामदार पक्राउ परेका छन् । कुवेतको हवेलीस्थित अपार्टमेन्टमा गोप्यरुपमा घरेलु मदिरा उत्पादन गरी बिक्री गर्ने तयारी गरिरहेका बेला उनीहरुलाई पक्राउ गरेको अरब टाइम्स अनलाइनले उल्लेख गरेको छ ।

पक्राउ गरेपछि प्रहरीले अभियुक्तहरुको राष्ट्रियताको खोजवीन गर्दा उनीहरु नेपाली रहेको खुलेको हो ।

केही समयअघि पनि कुवेतको साल्मी बन्दरगाह नजिकै एउटा अपार्टमेन्टमा अवैधरुपमा गोप्य तरिकाले घरेलु मदिरा उत्पादन गरिरहेको अवस्थामा कुवेत प्रहरीले केही नेपालीलाई नियन्त्रणका लिएर ठूलो परिमाणमा मदिरा बरामद गरेको सामाचार सार्वजनिक भएको थियो ।

यसै वर्षको शुरुमा अवैध घरेलु मदिरा बनाएर बिक्री गर्ने नेपाली गिरोह नै पक्राउ परेको थियो ।

अवैध मदिरा उत्पादनमा कुवेतमा अवैधरुपमा बसिरहेका नेपालीहरु संलग्न रहने गरेको नेपाली संघसस्थाका प्रतिनिधिहरुले बताउने गरेका छन् । कुवेतमा एक लाख पचास हजार बढी अवैध आप्रवासी देखिएका छन् । त्यसमा नेपालीहरुको संख्या पनि ठूलै रहेको बताइएको छ ।