नेपालसँग खेल्न सँधै कठिन हुन्छ : भारतीय कप्तान सुनिल क्षेत्री

रामेछाप खबर संवाददाता

काठमाडौं, १६ भाद्र ।

काठमाडौँ– नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् । उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् ।

उनले आफूले यसअघि नेपालसँग खेल्दाका धेरै खेलाडी अहिले टिममा नरहे पनि को खेलाडी टिममा छन् भन्ने महत्वपूर्ण नहुने बताए । उनले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए । उनले नेपालले पछिल्ला दिनहरुमा राम्रो फुटबल खेलिरहेकोसमेत बताए ।

भारतीय टिमका मुख्य प्रशिक्षक स्टिमिकले पनि नेपाली टिमको प्रशंसा गरे । उनले नेपालले मैदानमा राम्रो प्रदर्शन गर्दै आएको भन्दै आफूहरुले सोही अनुसारको रणनीति बनाएको बताए ।

बार्सिलोना छाडेर एट्लेटिकोमा अनुबन्ध भए ग्रिजम्यान

एजेन्सी। एट्लेटिको मड्रिडले फरवार्ड एन्टोनी ग्रिजम्यानलाई अनुबन्ध गरेको छ । एट्लेटिकोले स्टार फरवार्ड ग्रिजम्यानलाई एक वर्षका लागि लोन (ऋण)मा क्लब फर्काएको हो ।

फ्रान्सेली अन्तराष्ट्रिय खेलाडीले एट्लेटिको मड्रिडका लागि १ सय ३३ गोल गरीसकेका छन् । सन् २०१९ मा बार्सिलोनाले १ सय ७ मिलियन पाउण्ड खर्च गरेर ग्रिजम्यानलाई अनुबन्ध गरेको थियो ।

तर, उनले बार्सिलोनाको लागी राम्रो प्रदर्शन गर्न सकेनन् । उनले बार्सिलोनाबाट १ सय २ खेल खेल्दै ३५ गोल मात्र गर्न सके ।
साथै उनले बार्सिलोनालाई कोपा डेर रेको उपाधि बाहेक अरु जिताउन सकेनन् । मेस्सी सहित यस सिजनमा बार्सिलोना छाड्ने उनी ११औं खेलाडी हुन् । बार्सिलोनाले आफ्ना सर्वाधिक गोलकर्ता मेस्सीलाई पनि हालै गुमाएको हो ।