विष्णु माझीको ‘चरी जेलैमा’ले नेपाली गीतसंगीत क्षेत्रमा नयाँ इतिहास रच्यो

रामेछाप खबर संवाददाता

काठमाडौँ, १५ भदौ ।

काठमाडौं : विष्णु माझीको तीज गीत ‘चरी जेलैमा’ले नेपाली गीतसंगीत क्षेत्रमा नयाँ इतिहास बनाएको छ । यो गीतले नेपाली गीतमध्येमा सबैभन्दा छिटो युट्युबमा एक करोड भ्यु पार गरेको छ । अगष्ट १८ मा रिलिज भएको यो गीतले १३ दिनमा अगष्ट ३१ मा १ करोड अर्थात १० मिलियन भ्यु पार गरेको छ ।

यसअघि पल शाह र मलिका महत अभिनित टाढा भए पनि गीतले युट्युबमा सबैभन्दा छिटो करोड भ्युको रेकर्ड बनाएको थियो । यो गीतको भिडियो १५ दिनमा एक करोड भ्युज पार गरेको थियो। यसअघि पल र मलिका अभिनित फूलबुट्टे सारीले प्रकाश सपुतको गलबन्दीसँग करोड पुग्ने म्युजिक भिडियोसँग बराबरी गरेको थियो। दुबै गीतले १८ दिनमा करोड भ्युज पार गरेका थिए।

‘एक’ फिल्मको ट्रेलर रिलिज, ओटीटीमा सार्वजनिक हुने

चलचित्र ‘एक’को ट्रेलर सार्वजनिक भएको छ । मधेसको राजनीतिलाई चित्रण गरिएको यो चलचित्रमा विशाल पोख्रेल, प्रमोद अग्रहरि, ज्योत्सना योगी लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो चलचित्र दशैंको घटस्थापनाबाट ओटीटी प्लेटफर्ममा रिलिज हुने भएको छ । सिनेमा घर एपबाट यो चलचित्र रिलिज हुने निर्माणपक्षले बताएको छ । साथै, यो चलचित्र डिस होम, नेट टीभी, ओहो मुभिज लगायतबाट पनि सार्वजनिक हुनेछ ।

मनोज पण्डितको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रमा प्रमोद खड्काको एकसन, भरतमणी रेग्मीको सम्पादन, दीपक बज्रचार्यको छायांकन छ । अधिकांश नेपाली चलचित्रले प्रदर्शनका लागि हल नै कुरिरहेको समयमा यो चलचित्रलाई भने मनोजले ओटीटीबाट रिलिज गर्ने तयारी गरेका छन् ।

चलचित्रमा अत्मा गुरागाँइ र सोफिया थापाको लगानी छ ।