मेरो शेयरको पासवर्ड बिर्सिनुभयो ? अब यसरी आफैँले परिवर्तन गर्नुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौं, ६ भदाै ।

काठमाडौँ / मेरो शेयरको पासवर्ड बिर्सिएर तनावमा हुनुहुन्छ भने आज सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले तपाईको लागि विशेष सुविधा थप गरेको हो ।

कम्पनीले गत शुक्रबारदेखि मेरो शेयरको प्रयोगकर्ताले पार्सवर्ड आफैँले परिवर्तन गर्नु सक्ने सुविधा थप गरेको हो ।
मेरो शेयर प्रयोगकर्ताले आफ्नो शेयर खाताको पासवर्ड बिर्सिएका कारण सेवा अवरुद्ध हुने र सो सुवा पुनः सुचारु गर्नका लागि सम्बन्धित निक्षेप सदस्यलाई निवेदन दिनुपर्ने व्यवस्थालाई सहज बनाउँदै पासवर्ड परिवर्तन गर्न सक्ने सुविधा थप गरेको हो ।

यसका लागि प्रयोगकर्ताले मेरो शेयरको लगइनमा पेजमा रहेको फरगेट पासवर्ड लिङ्कमा क्लिक गरेर आफ्नो पासवर्ड रिसेट गर्न सक्नेछ ।


पासवर्ड रिसेटमा प्रवेश गरेपछि त्यहाँ तपाइँले डिपोजिटिरी पार्टिसिपेसन्समा आफ्नो डिम्याट खाता खोलेको संस्थाको नाम र युजरनेम, इमेल र जन्ममिति राख्नुपर्नेछ ।

यसरी पासवर्ड परिवर्तन गरेपछि परिवर्तित पासवर्ड सिस्टमले प्रयोगकर्ताको इमेलमा पासवर्ड पठाउनेछ । इमेलमा आएको पासवर्ड प्रयोेग गरी खाता चलाउन सकिनेछ ।