अर्घाखाँचीका कलाकार अभिनव चौहानको शब्द सिर्जना तथा निर्देशनमा “भरमा पर्दिन” गित सार्वजनिक

रामेछाप खबर संवाददाता

काठमाडौँ, १८ साउन ।

पछिल्लो समय नयाँ नयाँ गितहरु बजारमा आउने क्रम जारी छ । यसैबीच अभिनब चौहानको “भरमा पर्दिन” बोलको गित सार्वजनिक भएको छ। अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा जन्मिएका अभिनव चौहानले विभिन्न समयमा गीत संगीतहरु प्रस्तुत गर्दै आइरहेका छन् । ।ऊनी यस अघि संचारकर्मीको रुपमा विभिन्न रेडियोहरुमा आवद्ध थिए।अहिलेको लागि त्यो यात्रालाई रोकेर गीत संगीतको यात्रामा निरन्तर सक्रिय भएको देख्न सकिन्छ ।

अभिनब चौहान यो नाम अहिले गीत संगीत छेत्रको चर्चित नाम पनि हो। उनका गीतका सब्दमा मर्म भेटिने भएकोले पनि उनका गीत हरु उत्कृष्ट हुने गर्दछ्न । त्यसैगरी भर्खरै मात्र उनको शब्द सिर्जना तथा निर्देशनमा “भरमा पर्दिन” बोलको गीत सार्वजनिक भएको छ। कृष्ण लामिछानेको लय, एरेन्ज तथा स्वर, सन्तोष चौहानको छायांकन र सम्पादन, मनिष क्षेत्री , मुस्कान खड्का, सुरज ढकाल, मिलन भाट लगायतको अभिनयमा देख्न पाइन्छ।

“भरमा पर्दिन” बोलको गित नेपाली आँगनको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक भएको छ।

यो गीतमा विशेषगरी एकपटक कसैलाई चोखो माया गरेर छुट्न परेपछि फेरि अरु कसैको विश्वास नभएको।जसलाई माया गरेको हो उसलाई नपाएपछि जिन्दगीभर कसैको विश्वास नगर्ने कसैलाई माया नगर्ने जस्तो खालको भाव बोकेको छ।यो गीत हेरेपछि कसैलाई पनि झुटो माया नगर्ने तथा कसैलाई धोका दिनु हुँदैन भन्ने खालको विषयवस्तुलाई समेटिएको पाईन्छ।

भिडियो हेर्नको लागि तलको लिन्क ओपन गर्नुहोला।