दु : खबर, कुवेतमा सवारी दुर्घटनामा परी एक नेपाली युवाको मृ’त्यु

रामेछाप खबर संवाददाता

काठमाडौं, १५ साउन ।

काठमाडौं – कुवेतमा सवारी दुर्घटनामा परी होम डेलिभरी सेवामा काम गर्दै आएका एक नेपाली युवाको मृत्यु भएको छ । मोटरसाइकलमा सवार रहका उनलाई स्थानीय रुमैथिया भन्ने ठाउँमा विपरीत दिशाबाट आएको गाडीले ठक्कर दिएको कुवेतका सञ्चारमाध्यमहरुले बताएका छन् । मृतका कामदारको परिचय खुलाइएको छैन ।

उनको शवलाई पोेस्टमार्टमको लागि फोरेन्सिक ल्यावमा पठाइएको अनुसन्धानामा संलग्न प्रहरीले बताएको छ ।

अफगानिस्तानमा बाढीका कारण ६० भन्दा धेरैको मृत्यु, दर्जनौँ वेपत्ता र घाइते

काबुल: अफगानिस्तानको पूर्वी ग्रामिण क्षेत्रमा भीषण वर्षासँगै आएको बाढीका कारण कम्तिमा ६० जनाको मृत्यु भएको छ । कमदेश क्षेत्रमा रातभरको वर्षासँगै आएको बाढीमा परी महिला र बालबालिका सहित कम्तिमा ६० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । थुप्रै घरहरु भत्किँदा यस क्षेत्रका दर्जनौँ मानिस वेपत्ता छन् । साथै केही घाइते समेत छन् ।

बाढी प्रभावित क्षेत्र अफगानिस्तानमा युद्धरत समूह तालिबान सरकारसँग लडिरहेको क्षेत्रको रुपमा पनि चिनिन्छ । स्थानीय मिडियाका अनुसार यस क्षेत्रमा उद्धारकर्मीहरु जान कठिन अवस्था छ ।

अफगान अधिकारीहरुले बाढीमा मृत्यु हुनेको संख्या ६० भनेका छन् भने तालिबानले १५० जनाको मृत्यु भएको दावी गरेको एपीको समाचारमा उल्लेख छ । कमदेस क्षेत्र रहेको नुरिस्तान प्रान्तका एक इन्जिनियरले अफगान पत्रकारहरुलाई दिएको जानकारी अनुसार यस क्षेत्रमा मृत्यु हुनेको संख्या २०० पुगिसकेको छ ।
यस्तै बाढी प्रभावित क्षेत्रमा तालिबानले उद्धार टोली पठाएको छ । साथै राहत सामग्री समेत वितरण गरेको बताइएको छ । तर उद्धारका लागि उनीहरुसँग के कस्ता उपकरण छन् भन्ने बारे यकिन छैन ।

अफगानिस्तानमा देशव्यापी रुपमा तालिबानले सरकारी फौजविरुद्ध पछिल्लो समय लडाइँ तिब्र पारेको छ । विशेषगरी ग्रामिण क्षेत्रका थुप्रै ठाउँ तालिबानले कब्जामा लिएको छ । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि तालिबान झन् सक्रिय बनेको बताइएको छ ।