काठमाडौंमा आजबाट १८ वर्ष भन्दा माथिकाले खोप पाउने, कहाँ कहाँ छन खोप केन्द्रहरु ? पढ्नुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ साउन ।

अमेरिकाले कोभ्याक्स सुविधामार्फत दिएको खोप साउन ४ गतेदेखि देशभर लगाइँदै आएको छ । अमेरिकाले दिएको जोनसन एण्ड जोनसन खोप सुरुमा ५० देखि ५४ वर्ष उमेरकालाई दिइएको थियो । त्यसबाहेक नेपालमा बस्दै आएका शरणार्थी, स्वास्थ्यकर्मी तथा अपांगता भएका, जोनसन खोप अनिवार्य गरिएका देशमा जानेलाई मात्रै जोनसन खोपको दिइएको थियो ।

आजबाट काठमाडौंका १० स्थानीय तहमा यो खोप १८ वर्षमाथिका सबैलाई दिइने भएका छ । काठमाडौं महानगरपालिका बाहेक काठमाडौंका अन्य १० पालिकाले जोनसन खोप १८ वर्षमाथिका सबैलाई दिन लागेका हुन् । १० वटा स्थानीय तहका २७ वटा खोप केन्द्रमा जोनसनको खोप दिइने जानकारी जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँले दिएको छ ।

कहाँ कहाँ लगाइँदै छ खोप ?

चन्दागिरि नगरपालिका
-प्राथमिक स्वास्थ्य अस्पताल, -शसस्त्र प्रहरी अस्पताल, -सतुंगल स्वास्थय चौकी

कागेश्वरी नगरपालिका
-मुलपानी नगर अस्पताल, -बालपोट स्वास्थ्यचौकी, -गोठाटार स्वास्थ्यचौकी

​बुढानिलकण्ठ नगरपालिका
-बुढानिलकण्ठ स्वास्थ्य चौकी, -करुणा अस्पताल

तारकेश्वर नगरपालिका
-धर्मस्थली स्वास्थ्य चौकी, -मनमैजु स्वास्थ्य चौकी, -गोलढुंगा स्वास्थ्य चौकी

कीर्तिपुर नगरपालिका
-राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, -विष्णु देवी अस्पताल, गोकर्णेश्वर नगरपालिका, -नेपाल मेडिकल कलेज, -शंकरापुर अस्पताल, टोखा नगरपालिका, -ग्राण्डी अन्रताष्ट्रिय अस्पताल, -अल नेपाल अस्पताल, -प्राथमिक स्वास्थ्य केन्द्र

नागार्जुन नगरपालिका
-रामकोट प्राथमिक स्वास्थ्य केन्द्र, -इचंगुनारायण स्वास्थ्य चौकी, -स्युचाटार स्वास्थ्य चौकी

शंखरापुर नगरपालिका
-लप्सीफेदी स्वास्थ्य चौकी, -सँखु स्वास्थ्य चौकी, -इन्द्रेणी नगर अस्पताल

दक्षिणकाली नगरपालिका
-शेष नारायण स्वास्थ्य चौकी, -प्राथमिक स्वास्थ्य चौकी, -छैमले स्वास्थ्य चौकी