म्यान्चेस्टर सिटीको मैत्रीपूर्ण खेल किन रद्द भयो ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ७ साउन ।

काठमाडौँ- प्रिमियर लिगको तयारी रहेको म्यानचेस्टर सिटीले फ्रेन्च क्लब ट्रोएससँगको मैत्रीपूर्ण खेल नखेल्ने भएको छ । कोरोना महामारीका कारण इंग्ल्यान्ड सरकारको नयाँ क्वारेन्टिन नियमले सिटी र ट्रोएसबीचको खेल रद्द गरिएको हो ।

प्रि-सिजन तयारी अन्तर्गत सिटीले जुलाई ३१ ट्रोएससँग उसैको मैदानमा खेल्ने तालिका रहेको थियो । तर, फ्रान्सबाट फर्किएपछि अनिवार्य १० दिनको क्वारेन्टिनमा बस्नु पर्ने भएपछि सिटीले मैत्रीपूर्ण खेल रद्द गरेको हो ।

अब सिटीले जुलाई २७ मा च्याम्पियनसिप क्लब प्रिस्टनसँग खेल्नेछ । उक्त खेल बन्द रंगशालामा हुनेछ । सिटीले अगस्ट १५ मा टोटेनहमसँग खेल्दै नयाँ सिजनको खेल थाल्दैछ ।

मानाजको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

एजेन्सी – सब्सिच्युट फरवार्ड रे मानाजको ह्याट्रिक सहयोगमा बार्सिलोनाले प्रि–सिजनको पहिलो मैत्रीपुर्ण खेलमा सानदार जित दर्ता गरेको छ । बार्सिलोनाले १० खेलाडीमा समेटिएको तेस्रो डिभिजनको जिम्नास्टिकमाति ४–० को फराकिलो जित आत्मसात गरेको हो । सबै ४ गोल दोस्रो हाफमा सम्भव भएको थियो ।
स्पेनमा बुधबार राति भएको खेलमा जिम्नास्टिकले बार्सिलोनालाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि पहिलो हाफकै अन्त्यतिर १० खेलाडीमा समेटिएपछि दोस्रो हाफमा बलियो बार्सिलोनालाई रोक्न सकेन । बार्सिलोनाले जिम्नास्टिक १० खेलाडीमा समेटिएको फाइदा उठाउँदै गोल गर्न सफल भएको थियो । ३८औं मिनेटमा एलेक्स क्विन्टानिला रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा बार्सिलोनाले उठाउन सफल भएको थियो । ६०औं मिनेटमा रे मानाजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

८५औं मिनेटमा एलेक्स कोल्लाडोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । त्यसपछि रे मानाजले ८६औं र ९० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि बार्सिलोनाले फराकिलो जित निकाल्न सफल भयो । मानाज ४६औं मिनेटमा जोर्डी स्कोवारको स्थानमा मैदान प्रवेश गरेका थिए ।

बार्सिलोनाले जिम्नास्टिकविरुद्ध पहिलो टोलीका जेरार्ड पिके, सामुइल उम्टिटि, सर्जिनो डेस्ट, मिरालेम प्यानिच, सर्जी रोबर्टाे र रिकी पुचलाई खेलाएको थियो । अब बार्सिलोनाले प्रि–सिजनमै रेडबुल साल्जवर्ग, जिरोना र भिएफबी स्टुटगार्टसँग मैत्रीपुर्ण खेल खेल्ने तालिका छ । बार्सिलोनाले १५ अगस्टमा रियल सोसिडाडसँग खेल्दै ला लिगाको सुरुवात गर्नेछ ।