नेपाल आइडल सिजन–४ सुरु हुँदै, यसअघिका तीनजना निर्णायक नै नहुने, यस्तो छ कारण

रामेछाप खबर संवाददाता

काठमाडौं, ५ साउन ।

काठमाडौं । नेपाल आइडल सिजन–४ मा अघिल्ला सिजनका निर्णायकहरुले निरन्तरता नपाउने भएका छन् । केही महिना पछि सुरु हुने आइडको सिजन–४ मा पुराना निर्णायकहरुले निरन्तरता नपाउने भएका हुन् ।

यसअघिका निर्णायकहरु अरु नै टेलिभिजनको रियालिटी शोमा आबद्ध भइसकेकाले उनीहरुलाई निरन्तरता दिन नसकिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए ।

“उहाँहरु अरु नै शोमा गइसकेपछि उहाँहरुले निरन्तरता पाउने कुरा भएन,” निर्देशक पौडेलले भने, “उहाँहरु तीन जना नै दोहोरिनु हुन्न । तर, अब आउने जज को हुन्छ भन्ने अहिलेसम्म निश्चित भइसकेको छैन ।” नेपाल आइडलको पहिलो सिजनबाट तेस्रो सिजनसम्म न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी निर्णायक थिए ।

उनीहरु अहिले ग्लोक्सी फोके टेलिभिजनबाट प्रशारणको तयारीमा रहेको म्युजिकल रियालिटी शो सारेगम लिटिल च्याम्प्समा निर्णायकमा आबद्ध भइसकेका छन् ।