नेपाली बजारमा बढ्यो सुनको मूल्य, तोलाको कति ?

रामेछाप खबर संवाददाता

काठमाडौं,५ साउन ।

नेपाली बजारमा मंगलवार पनि सुनको मूल्य बढेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् सोमवार रू. २०० ले बढेको सुनको भाउ मंगलवार रू. ४०० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलवार छापावाला सुन प्रतितोला रू. ९३ हजार २०० मा कारोबार भएको छ । सोमवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ८०० मा कारोबार भएको थियो । सोमवारको तुलनामा मंगलवार छापावाला सुन प्रतितोला रू. ४०० ले बढेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९२ हजार ७०० मा कारोबार भएको छ । सोमवार तेजाबी सुन प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो ।
यस्तै, मंगलवार चाँदीको मूल्य भने घटेको छ । सोमवार प्रतितोला १ हजार २९० मा कारोबार भएको चाँदी मंगलवार रू. १० ले घटेर प्रतितोला रू. १ हजार २८० मा खरीदविक्री भइरहेको छ ।

श्रमिक लैजान कोरिया सकारात्मक, मन्त्रालयको निर्णय कुर्दै विभाग

वैदेशिक रोजगारीको आकर्षण रोजगारीको गन्तव्य मानिएको दक्षिण कोरियामा कोरोना महामारीका कारण नेपाली श्रमिक जान पाएका छैनन् ।
यसै बीच दक्षिण कोरियाको मानव संसाधन विभाग (एचआरडी) रोजगार अनुमति प्रणाली (ईपीएस)अन्तर्गत श्रमिक लैजाने विषयमा सकारात्मक भएको छ ।

कोरियाले नेपाली श्रमिकलाई शर्त सहित लैजान इच्छुक भएको वैदेशिक रोजगार विभागले बताएको छ । रोकिएका श्रमिकले निश्चित मापदण्डभित्र रहेर नेपाली श्रमिक लैजाने विषयमा एचआरडी सकारात्मक वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले बताउनुभयो