आकर्षक तलबका साथ कतारले माग्यो यति धेरै नेपाली कामदार,कति छ तलब ?

रामेछाप खबर संवाददाता

काठमाडौं,५ साउन ।

कतारले भारी मात्रामा नेपाली कामदारको माग गरेको छ । कतारको Facilities Managemant & Maintenance कम्पनीले क्लिनर र टेक्निसियन पदका लागी १४२ पुरुष र ३२ महिला गरी १८४ जना नेपाली कामदारको माग गरेको हो ।

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ ।
तलब खान बस्न सहित ३२ हजार देखि ७१ हजार सम्म तलब सुविधा रहेको छ । इच्छुक कामदारले मेनपावर soundlines recrument pvt महालक्ष्मीस्थान ललितपुरमा साउन १२ र १३ गते अन्तरवार्ता दिनु पर्ने छ ।

स्वदेशमा हुने मेडिकलको खर्च, र स्वदेशमा हुने बिमा खर्च र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । त्यस्तै विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बिमा खर्च,भिसा शुल्क र हवाई टिकट रोजगारदाताले नै बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख गरिएको छ ।

वैदेशिक रोजगारमा जानेले जोनसन एण्ड जोनसनको खोप पाउने

सरकारले वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकलाई कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप उपलब्ध गराउने भएको छ । जोनसन एण्ड जोनसन खोप अनिवार्य गरेको मुलुकमा जानेलाई मात्र उक्त खोप लगाइने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउने व्यक्तिले साथमा भिसा र पासपोर्ट बोकेर जानुपर्छ ।

कतारले जोनसन एण्ड जोनसनको खोप लगाएका व्यक्तिले कतार प्रवेश गर्दा क्‍वारेन्टिन नबस्‍नुपर्ने भएको छ । कुवेत प्रवेशमा जोनसन खोपलाई अनिवार्य गरेको छ ।कोभिडविरुद्धको खोप लगाउन नपाउँदा करिब ३० हजार मानिस वैदेशिक रोजगार जानबाट वञ्चित भएको वैदेशिक रोजगार व्यवसायी महासंघले बताउँदै आएको छ ।

सोमबार देखि देशभरका विभिन्‍न स्थानमा जानसिन खोप लगाउन थालिएको छ । अमेरिकाले केही साता अघिमात्र कोभ्याक्समार्फत उक्त खोप लगाएको थियो । सरकारले अपांग, शरणार्थी र ५० देखि ५४ वर्ष माथिका मानिसलाई खोप लगाउने मिति सार्वजनिक गरेको थियो ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालय र वैदेशिक रोजगार व्यवसायी महासंघले वैदेशिक रोजगारमा जानेलाई जानसिन खोप उपलब्ध गराइदिन सरकारसँग माग गरेका थिए ।