ह्वाट्सएपले किन ब्लक गर्यो २० लाख भारतीय प्रयोगतकर्ताको एकाउन्ट ?

रामेछाप खबर संवाददाता

काठमाडौं, २ साउन ।

सीएनएन। ह्वाट्सएपले एक महिनाको अवधिमा २० लाख भारतीय प्रयोगकर्ताको एकाउन्ट ब्लक गरेको घोषणा गरेको छ। धेरै ‘स्पाम म्यासेज’ आएका कारण ती एकाउन्ट बन्द गरिएको ह्वाट्सएपले जनाएको छ। हानीकारक व्यवहार रोक्न यस्तो कदम चाल्न आपूहरु बाध्य भएको ह्वाट्एपले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ। ह्वाट्एपले ती एकान्ट सन् २०२१ मे १५ देखि जुन १५ सम्मको अवधिमा ब्लक गरेको हो।

भारतमा फेरी बढ्न थाले कोरोना संक्रमित, अझै १२५ दिन कोरोनाबिरुद्ध लड्न गाह्रो

भारतमा पछिल्लो २४ घण्टामा ३८ हजार १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या ३ करोड १० लाख ६३ हजार ९ सय ८७ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ५६० जनाको कोरोनाका कारण मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाका कारण ज्यान जानेको संख्या ४ लाख १३ हजार पुगेको छ ।

यस्तै भारतमा एकैदिन ४३ हजार ८ सय ७७ जना कोरोना मुक्त भएका छन् । यो संगै भारतमा कोरोना मुक्त हुनेको संख्या ३ करोड २२ हजार पुगेको छ । भारतमा ४ लाख ३० हजार सक्रिय संक्रमित रहेका छन् । यस्तै भारतमा कोरोना भाइरसबिरूद्ध लड्न अझै १०० देखि १२५ दिन गाह्रो रहेको विश्लेषण गरिएको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो ।

“सङ्क्रमितहरुको सङ्ख्या त दिनप्रति दिन घट्दै गइरहेको छ, तर पूर्ण रुपमा न्यूनीकरण भइसकेको अवस्था भने छैन, अझै पनि खतरापूर्ण अवस्था नै रहेको छ”, नीति आयोगका सदस्य डा। भि के पौलले भने ।

उनले खोपको प्रभावकारिता बढी रहेको भए पनि प्रहरीहरु उच्च जोखिममा रहेको पनि पत्रकारलाई जानकारी दिए । महामारीको दोस्रो चरणको बेलामा दुवै खोप लगाएकाहरुको जीवन जोगाउन खोप ९५ प्रतिशत सफल भएको पाइएको छ । “एउटा मात्रै खोप लगाएकालाई भने ८२ प्रतिशतसम्म खोप उपलब्धीमूलक भएको पाइएको छ”, डा पौलले भने । जुलाई महिना भित्रमा ५० करोड खोप लगाइसक्ने योजना रहेको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

खोप लगाएकाहरुको सङ्ख्या बढ्दै गएकाले विस्तारै महामारी न्यूनीकरण हुँदै जाने अपेक्षा गरिएको छ । सरकारले कोभिसिल्ड र कोभ्याक्सीनको ६६ करोड मात्रा खोप मगाइ सकिएको जनाएको छ । त्यसैगरी २२ करोड खोप नीजि क्षेत्रले उपलब्ध गराउने निर्णय पनि भएको छ ।