किन सलमान खान कालो कपडामा बढी देखिन्छन्, यस्तो रहेछ रहस्य

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

एजेन्सी । बलिउड अभिनेता प्राय जसो कालो कपडामा देखिन्छन् । प्राय जसो जिन्स र टिसर्टमा देखिने उनको यो बानीबारे उनका डिजाइनरले खुलासा गरेका छन् । सलमान खानका डिजाइनर ऐशले रेबलोले एक सोशल मिडियामा भएको फ्यानहरुसँगको सम्वादमा यस्तो कुराको खुलासा गरेका थिए ।

उनलाई फ्यानहरुले किन सलमान खान कालो कपडामा बढी देखिन्छन्, उनको डिजाइन फेरिदिनुहोस् भन्दै आग्रह गरेका थिए । जबाफमा ऐशले भनेका थिए,‘सलमान खानलाई कालो बाहेक अरु रंगको कपडा मन पर्दैन । उनलाई कालो कपडा नै ज्यादातर सुहाउँछ ।’

सम्बन्ध विच्छेदपछि पनि लद्दाखमा एकसाथ देखिए आमिर-किरण

३ जुलाईमा बलिउड अभिनेता आमिर खान र उनकी श्रीमती किरण रावले १५ वर्षको वैवाहिक सम्बन्ध अन्त्य गर्ने घोषणा गरेका थिए। तर, सम्बन्ध विच्छेद गरेपछि पनि उनीहरु पुन: एकसाथ देखिएका छन्।

फिल्म ‘लाल सिंह चड्ढा’को सुटिङका क्रममा आमिरसँगै किरण समेत लद्दाख गएकी छिन्। दुबै जना रमाइलो गर्दैँ डान्स गरिरहेको एक भिडियोमा देख्न सकिन्छ।

लद्दाखको परम्परागत पोशाक लगाएर आमिर-किरण सँगै नाचेको उक्त भिडियो सोसल मिडियामा भाइरल भइरहेको छ। भिडियोमा लद्दाख निवासी स्थानीयहरुले आमिरलाई त्यहाँको परम्परागत डान्सको स्टेप सिकाइरहेको र उनीहरुले त्यसैको नक्कल गरिरहेको देखिन्छ।

सम्बन्ध विच्छेदको घोषणा गरेपछि पनि आमिर र किरण एक भिडियोमा सँगै एकअर्काको हात समात्दै देखिएका थिए। साथै सम्बन्ध परिवर्तन भए पनि दुवै एक अर्कालाई सधैं साथ दिने समेत जानकारी गराएका थिए।