पिसाब रोक्ने बानी छ ? सावधान निम्तिन सक्छ यस्ता समस्या

रामेछाप खबर संवाददाता

काठमाडौं, ३१ असार ।

कहिलेकांही मानिसहरु आफ्नो काममा व्यस्त भएकाले वा अरु कुनै कारणले पनि लामो समयसम्म पिसाब रोकेर बसिरहेका हुनसक्छन् । तर, उनीहरुलाई के थाहा नहुन सक्छ भने यसले उनीहरुको शरीरलाई निकै ठूलो नोक्सानी पुर्याइरहेको छ । कयौँ अध्ययनहरुले के देखाएका छन् भने एक व्यक्तिले लामो समयसम्म पिसाब रोक्ने हो उसको शरीरका विभिन्न अंगलाई निकै घाटा हुन्छ ।

यसका कारण पेटमा दुखाइ बढ्न सक्छ । ब्ल्याडरमा भएको प्रेसरका कारण पनि यो समस्या बढ्न सक्छ । यो समस्या हाम्रो मिर्गौलासम्म पनि पुग्न सक्छ । पिसाब रोकेका कारण भएको दुखाइ जान निकै लामो समय लाग्न सक्छ ।

यतिमात्र होइन, पिसाबलाई लामो समयसम्म रोकिरहँदा हाम्रो ब्ल्याडरको साइज पनि बढ्न सक्छ । यसले अर्को गम्भीर समस्या निम्त्याउने सम्भावना हुन्छ ।
पिसाब रोक्दा हाम्रो मुत्रथैलीमा इन्फेक्सन पनि हुनसक्छ । त्यस्तै हाम्रो मिर्गौलामा हुने पत्थरीका लागि पनि पिसाब रोक्दा समस्या हुनसक्छ ।

खजुर : सौन्दर्य स्वास्थ्यका लागि बेजोड मानिन्छ..

प्राचीनकालदेखि नै खजुरलाई बलवर्धक फल मानेर उपयोग हुँदै आएको छ । खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ । जसले स्किनको चमक बढाउन मद्दत गर्छ ।

यसमा भिटामिन सी हुन्छ । जसले स्कीन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ । खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ । खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ । आइरनले कपालको समस्याबाट पनि बचाउँछ ।

यसमा भिटामिन बी हुन्छ । जसले पिम्पल्स लगायतका समस्यालाई दूर गर्ने काम गर्छ । खजुरबाट पेन्टोथेनिक एसिड पनि पाइन्छ । जसले मृत छालाको सेल्सलाई हटाउने काम गर्छ र अनुहारमा चमक ल्याउँछ ।