घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य, प्रतिलिटर कति ?

रामेछाप खबर संवाददाता

काठमाडौं, ३१ असार ।

काठमाडौं – नेपाल आयल निमगले तेलको मूल्य घटाएको छ । इन्धनको मूल्य बढेको विरोधमा आन्दोलनरत विद्यार्थीको माग सम्बोधन गर्दै मूल्य घटाएको हो । निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य १-१ रूपैयाँले घटाएको छ । नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २८ रूपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १ सय ११ रूपैयाँ पर्नेछ ।

आज तीन कम्पनीको साधारण सभा हुँदै, के-के छन् एजेण्डा ?

काठमाडौं – आज ३ वटा कम्पनीको साधारण सभा हुँदैछ । नेको इन्स्योरेन्स कम्पनी, आँधीखोला लघुवित्त वित्तीय संस्था र नेशनल हाइड्रोपावर कम्पनीको साधारण सभा हुन लागेको लागेको हो ।

आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौंथो वार्षिक साधारणसभा होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजेबाट सुरु हुँदै छ । असार १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सभाको निर्णय गरेको हो ।

सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नुका साथै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ ।

सभाको अन्य प्रस्तावमा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै लेखा परीक्षकको नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्नेछ । संस्थाले साधारण सभा प्रयोजनका लागि असार १५ गतेदेखि बुक क्लोज गरेको छ । त्यसैले असार १४ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन सक्नेछन् ।

त्यस्तै नेको इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा पनि आज नै हुँदैछ । सभा कम्पनीको भवन ज्ञानेश्वर काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुँदैछ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १५।५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस गरी कूल १६.३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले साधारणसभा प्रयोजनका लागि असार १८ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १७ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

साथै नेशनल हाइड्रोपावर कम्पनीले पनि आज बिहान ११ बजे साधारण सभा बोलाएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा हुँदैछ । सभाले आव २०७६/७७ को वार्षिक प्रतिवेदन पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले लोअर इर्खूवा हाइड्रो पावर कम्पनी लिमिटेडले आयोजना निर्माण गर्न लिएको ऋणपमा कर्पोरेट ग्यारेन्टी दिने सम्बन्धमा २०७७ फागुन २ मा सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुमोदन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।