एक्कसी फेसबुकले किन हटायो ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज

रामेछाप खबर संवाददाता

काठमाडौँ, २७ असार ।

फेसबुकले ५ हजार ३८१ म्यालिसियस अकाउन्ट, ग्रुप र पेज हटाएको छ । फेसबुकले इन्स्टाग्रामबाट समेत म्यालिसियस अकाउन्ट हटाएको छ । फेसबुकले जुनमा २ हजार ७८४ अकाउन्ट, २०६ इन्स्टाग्राम अकाउन्ट, २ हजार २४९ पेज र १४२ ग्रुप हटाएको छ ।

फेसबुकले इराकमा ६७५ फेसबुक अकाउन्ट, १६ पेज र १० इन्स्टाग्राम अकाउन्ट हटाएको छ । फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधि भएको पत्ता लगाएको थियो ।

फेसबुकले मेक्सिकोमा १६ सय २१ फेसबुक अकाउन्ट, १७ सय ९५ पेज, ७५ ग्रुप र ९३ इन्स्टाग्राम अकाउन्ट हटाएको छ । फेसबुकले आन्तरिक अनुसन्धान गर्दा यो क्षेत्रमा शंकास्पद गतिविधी भएको र मेक्सिकोको चुनाव अगाडी त्यसलाई हटाएको बताएको छ ।

ईसेवाबाट गरिने सम्पूर्ण बैंक ट्रान्सफर निःशुल्क

काठमाडौं । ईसेवाले आफ्नो प्लेटफर्ममा बैंकमा ट्रान्सफर सेवालाई निःशुल्क गरेको छ । नेपालको सबैभन्दा ठूलो र लोकप्रिय भुक्तानी सेवाप्रदायक कम्पनी ईसेवाले असार मसान्तसम्मका लागि सबै बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने बनाएको हो ।

आर्थिक वर्षको अन्त्यसँगै कतिपय राजस्व भुक्तानी तथा किस्ता रकम चुक्ता गर्नुपर्ने म्याद सकिँदैछ । यसलाई सहजीकरण गर्न ईसेवाले बैंक ट्रान्सफर निःशुल्क गरेको हो ।

टेकपानासँगको कुराकानीमा ईसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले नेपाल राष्ट्र बैंकको नियमअनुसार निश्चित सीमाभित्र रहेर वालेटबाट गरिने सम्पूर्ण रकम ट्रान्सफर निःशुल्क गरिएको बताए ।

‘असार मसान्तसम्म ईसेवामा जोडिएका कुनै पनि बैंकमा रकम ट्रान्सफर गर्दा शुल्क लाग्ने छैन,’ उनले भने, ‘साउन १ पछि भने नियमित शुल्क लागु हुनेछ ।‘