बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन

रामेछाप खबर संवाददाता

एजेन्सी, २३ असार ।

बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षकाे निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाम्यमले जनाएका छन्। दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफखान थियो। उनले ज्वार भाटा १९४४ अन्जाद १९४९, देवदास

१९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।काठमाडौं। बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको ९८ वर्षकाे निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका दिलीप कुमारको बुधबार विहान निधन भएको पारिवारिक स्रोतलाईउद्धृत गदै भारतीय संचारमाम्यमले जनाएका छन्।

दिलीप कुमारको वास्तविक नाम मोहम्मद यूसुफखान थियो। उनले ज्वार भाटा १९४४ अन्जाद १९४९, देवदास १९५५लगायत ५० भन्दा धेरै फिल्ममा काम गरेका छन्।

आईएसआईका लागि जासूसी गरेकाे आराेपमा भारतीय सेनाका दुई जवान पक्राउ

भारतकाे पञ्जाव प्रहरीले आफूले ‘सीमा पारी जासूसी नेटवर्क’ काे भण्डाफोर गरेकाे दाबी गरेकाे छ। र, सेनाका दुई जवानलाई पक्राउ गरेकाे छ। द इन्डियन एक्सप्रेसका अनुसार एक जवान १९ राष्ट्रिय राइफल्सका २३ वर्षीय सिपाही हरप्रीत सिंह र अर्का जवान १८ सिख लाइट इन्फ्रेट्रीका २३ वर्षीय सिपाही गुरभेज सिंह पक्राउ परेका हुन्।

अमृतसरकाे छीछा गाउँका हरप्रीत सिंह अनंतनागमा तैनात थिए भने तरनतारनकाे पुनियन गाउँका गुरभेज सिंह कारगिलमा तैनाथ थिए। यी दुबैलाई पाकिस्तानी खुफिया एजेन्सी आईएसआईका लागि जासूसी गरेकाे आराेप प्रहरीले लगाएकाे छ। र, भारतीय दन्ड संहिता र अफिसियल सिक्रेट एक्टकाे कयाैँ धाराअनुसार मुद्दा दर्ता गरिएकाे छ।

पञ्जाब प्रहरीका प्रमुख दिनकर गुप्ताका अनुसार एसएसपी नवीन सिंगला नेतृत्वकाे टाेलीले भारतीय सेनाकाे तैनाथीसँग जाेडिएका खुफिया दस्तावेज बरामद गरिएकाे छ। याे दस्तावेज सीमा पार ड्रग्सकाे तस्करी गर्ने रणवीर सिंहसँग बरामद भएकाे हाे, जाे यसअघि नै पक्राउ परिसकेका छन्।