दु : खद खबर पोर्चुगलमा कार्यरत एक नेपालीको मृ’त्यु

रामेछाप खबर संवाददाता

एजेन्सी, ६ असार ।

वैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेका एक नेपालीको मृत्यु भएको छ । काभ्रेपलाञ्चोक स्थायी घर भई करिव ३ वर्ष अगाडि पोर्चुगल पुगेका प्रदीप तामाङको गत बिहीबार मृत्यु भएको गैरआवासीय नेपाली संघ, (एनआरएनए ) पोर्चुगलले जनाएको छ ।

त्यहाँको लिस्बोनस्थित आईपीयो अस्पतालमा उपचाररत तामाङको सोही हस्पिटलमा भएको मृत्यु भएको हो । मृतक तामाङको अन्तिम दाहासंस्कार आज आईतवार विहान १० वजे सिमितेरियो म्युनिसिपाल दि कामारातेमा हुने एनआरएनएले जनाएको छ ।

कोरोना संक्रमणबाट ३९ स्वास्थ्यकर्मीको मृत्यु

कोरोना भाइरसको संक्रमणबाट नेपालमा हालसम्म ३९ जना स्वास्थ्यकर्मीको ज्यान गएको छ । जसमध्ये १२ चिकित्सक र २७ अन्य स्वास्थ्यकर्मी रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दोस्रो लहरमा मर्ने स्वास्थ्यकर्मीकाे संख्या धेरै रहेको छ । पहिलो लहरमा १२ जनाको ज्यान जाँदा दोस्रो लहरमा २७ जनाको गयो ।

अगिल्लो वर्षको तुलनामा यो मृत्यु दोब्बर बढी हो । २५ जना स्वास्थ्यकर्मी ५० वर्षभन्दा कम उमेरका छन् । यसै गरी ८० वर्षभन्दा कम उमेरका ११ जना रहेको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ८ हजार ८०९ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन् ।