सुनको भाउ फेरी आकासियो, आज एक तोलाको कति पर्छ ?

रामेछाप खबर संवाददाता

२८ मंसिर, काठमाडौं ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ३००ले बढेर रु ९२ हजार ८०० पुगेको छ । पहेँलो धातु अधिल्लो दिन प्रतितोला रु ९२ हजार ५०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९२ हजार ३०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २० ले बढेर रु एक हजार २१० तोकिएको महासङ्घले जनाएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७८६ डलर आसपास कारोबार भइरहेको छ ।

पुरानागाउँवासीलाई न्यानो कपडा वितरण

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१० पुरानागाउँका स्थानीय समाजसेवी रामकृष्ण श्रेष्ठका पहलमा गाउँका स्थानीय बासिन्दालाई न्यानो कपडा वितरण गरिएको छ । नमोबुद्ध–१० को समन्वयमा उहाँले आफ्नो जन्मथलो पुराना गाउँमा कम्बल र न्यानो टोपी वितरण गर्नुभएको हो ।

२३५ जनालाई वडाध्यक्ष रामकृष्ण अधिकारी र समाजसेवी श्रेष्ठले संयुक्त रुपमा ती सामग्री वितरण गर्नुभएको हो । समाजसेवी श्रेष्ठले यसअघि वडा नं १० को कार्यालय भवन निर्माणका लागि पनि निःशुल्करूपमा १० आना एक पैसा एक दाम जग्गा उपलब्ध गराउनुभएको छ ।

सो अवसरमा वडाध्यक्ष अधिकारीले श्रेष्ठको सहयोगले वडावासीका लागि ठूलो राहत मिलेको बताउनुभयो । विगतमा पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, महिलालगायत लक्षित वर्गका लागि वडाले अत्यावश्यक सामग्री वितरण गरेको थियो ।