लकडाउन खुले पछि नेपाल आउने सपना बोकेका करवीर मलेशिया मै अस्ताए !

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ जेठ ।

निशब्द छौ। हार्दिक श्र’द्धाञ्जली शो’काकुल परिवारमा गहिरो समवेदना पुर्चौँडी नगरपालिका ९ तल्लादेही सङौडा बसोबास गर्ने करबिर भण्डारी जि को हाल बिरानो मुलुक मलेसियामा २०७८/०२/११ गते आज बिहान असमायिक नि’धन भएको खबरले परिवार सोकाकुल बनेको छ । हजुरको आत्माले बैकुण्ठमा बास पाओस ! -नवीन बोहरा ले फेसबुक मार्फत लेखेको स्टाटस

यो पनी :- सौताले आमा जस्तै माया गर्छिन श्रीमान्लाई डिभोर्स गर भन्नै सक्दिन’, श्रीमान् भन्छन् ‘म बरु जेल जान्छु जेठी श्रीमतीनै छोड्दिन्’

बाराका निजगढ १२ कोलगाउँका हिरालाल वाइवाले एउटा श्रीमती हुँदाहुँदै अर्की श्रीमती ल्याए । तर उनको दोस्रो विवाह गर्नुको कारण भने अनौठो छ । उनले जेठी श्रीमतीलाई युवतीको फोटो पठाए जेठी श्रीमतीले सविता थिँगलाई मन पराइन् । अनि श्रीमानलाई यसैसंग दोस्रो विवाह गर भनेर अनुमति दिइन् । जेठी श्रीमती विदेशमा थिइन् । उनी लामो समय नेपाल आउन नपाएपछि श्रीमान एक्लै भए भन्ने ठानेर दोस्रो विवाह गर्न लगाइन् । उनले सवितालाई दोस्रो श्रीमतीका रुपमा भित्र्याए ।

अहिले विवाह भएको ५ वर्ष भयो । उनको काखमा तीन वर्षको छोरी छ । तर श्रीमान भने अहिले जेठी श्रीमतीकै माया लाग्छ भन्छन् । तर जेठी श्रीमती भने श्रीमान्संग टाढिन चाहेको जस्तो ब्यवहार देखाउँछिन् । श्रीमती नेपाल आएपनि श्रीमानसंग आइनन् । माइतमा गएर बसीन् । श्रीमान लिन जाँदा पनि आइनन् । म तँलाई चाहिने हो भने यहिँ बस् भन्छिन् ।

जेठी श्रीमतीलाई यति धेरै माया लाग्छ की उनले हातमा पनि श्रीमतीको नाम खोपाएका छन् । यता कान्छी श्रीमतीको पनि हालत उस्तै छ । जेठी श्रीमतीलाई सम्बन्ध विच्छेद गर भन्न पनि सक्दिनन् । किनकी सौताले पनि आमाले जस्तै माया गर्छिन त्यसैले म त्यस्तो भन्न नै सक्दिन कान्छी भन्छिन् । आफ्नो लाग्ने अरु महिलासंग बोलेको त देख्न सकिन्न भने उनले त जेठी हुँदा हुँदै मलाई विवाह गरे ।

जेठीले कसरी सहेकी होलीन् त्यही भएर मैले श्रीमानलाई जेठी श्रीमतीसंग सम्बन्ध विच्छेद गर भन्न सक्दिन । यता श्रीमान भने जेठीसंग बस्न चाहन्छन् । श्रीमतीले भनेकै कारण दोस्रो विवाह गरेका हुँ । उसैले मलाई यस्तो बनाएको हो, जेलमा हाले पनि हालोस् तर म उसलाई नै छोड्दिन । मेरो जिन्दगी उसैसंग विताउने हो ।