विराट–अनुष्काको छोरीलाई धम्क्याउने पक्राउ

रामेछाप खबर संवाददाता

काठमाडौं, २५ कात्तिक ।

मुम्बई(अमर उजाला)– बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर पति विराट कोहलीकी छोरी वामिकालाई सामाजिक सञ्जालबाट बलात्कारको धम्की दिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

मुम्बई प्रहरीले संगारेड्डीमा बस्ने २३ वर्षे सफ्टवेयर इञ्जिनियर रामनागेश अकुबाथिनीलाई बुधबार पक्राउ गरेको हो । पक्राउ पछि उनलाई मुम्बई ल्याइएको छ ।

प्रहरीका अनुसार ती व्यक्तिले विराट र अनुष्काको १० महिने छोरी र अभिनेत्री अनुष्कालाई निशाना बनाएका थिए । यही विषयमा दिल्ली महिला आयोगले अनुसन्धानको माग गरेको थियो । दिल्ली प्रहरीले पनि एक सूचना जारी गर्दै विस्तृत कारवाहीको रिपोर्ट मागेको थियो । भारतले पाकिस्तानसँग जारी टी–२० विश्वकप क्रिकेटमा पराजय भोगेपछि ती व्यक्तिले विराट र अनुष्काको छोरीलाई बलात्कार गर्ने धम्की दिएका थिए ।

अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीको उत्कृष्ट सातमा दुई नेपाली कलाकार

काठमाडौं । अनलाइनमार्फत आयोजना भएको बृहत अन्तर्राष्ट्रिय कला प्रतियोगिताको उत्कृष्ट सातमा नेपालका दुईजना कलाकारहरू पनि पर्न सफल भएका छन् । आर्टसमेट इन्टरनेसनल र एनबी गुरुङ आर्टस्टुडियोको सहकार्यमा ‘ट्रुली वाटर कलर–इन्टरनेसनल जुरिद अनलाइन वाटर कलर एक्जिबिसन’ शीर्षकमा अनलाइन कला प्रतियोगिताको आयोजना भएको थियो ।

जसमा उत्कृष्ट सातमध्ये प्रथम पुरस्कारको रूपमा म्यानमारका थिन स्विकीले ४ सय डलर प्राप्त गरेका छन् भने चीनका रोंग जु कावोले तीनसय डलर नगद पुरस्कार प्राप्त गरेका छन् । त्यसैगरी, थाइल्यान्डका टोसापोरन चान्टरासुकले दुईसय डलर, रसियाका याकुवा भिक्टोरियाले सय डलर, म्यानमारका मियान्त नाईगंले ५० डलर प्राप्त गरेका छन् । यता नेपालतर्फ भने डी.बरालले २५० डलर र विश्वराज पराजुली ले ५० डलर जितेका छन् ।

यस प्रतियोगिताको जुरी सदस्यहरूमा भारतका अमित कपुर, अमेरिकाका एन्डी इभान्सन र स्टेला क्यानफिल्ड, नेपालका डि.राम पाल्पाली र एन बी गुरुङ, चीनका होङ्ग शाङ्ग, सिंगापुरका ओङ्ग किम शेङ्ग, र दक्षिण कोरियाका यु मिई पार्क कलाकारहरू थिए ।

प्रतियोगिताका उत्कृष्ट कलाकृतिहरू प्रदर्शनीमा पनि राखिने छन् । सार्वजनिक आह्वान गरिएकोमा जम्मा ५१ देशका ४८३ कलाकृतिहरू प्राप्त भएका थिए । जसमध्ये ४६ देशका ३०२ वटा उत्कृष्ट कलाकृतिहरू प्रदर्शनीमा राख्ने आयोजक टिमले जानकारी गराएको छ ।

कला प्रदर्शनी यही डिसेम्बर १० देखि २५ तारिखसम्म युट्युब तथा अन्य सामाजिक सञ्जाल र आर्ट एनबीगुरुङ डटकममा प्रदर्शनी हुनेछन् ।