आन्तरिक उडान सबै बन्द : मन्त्रिपरिषद् बैठक

रामेछाप खबर संवाददाता

काठमाडौं, २१ बैशाख ।

सबै आन्तरिक उडानहरु बन्द भएका छन् । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि आइतवार बसेको मन्त्रिपरिषद् बैठकले गएरातिदेखि लागू हुने गरी सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।

सरकारको निर्णय अनुसार देशभरका सबै आन्तरिक उडानहरु बन्द भएका छन् । यस्तै आउँदो बिहीवारदेखि भारतबाहेक अरु सबै अन्तर्राष्ट्रिय उडान बन्द हुनेछन् । सरकारले नेपाल भारतबीच एयर बलमा आधारित उडान भने कायम नै राखेको छ ।

भारतसँगको उडान पनि सङ्ख्या घटाएर हप्तामा दुईवटा कायम गरेको छ । ती उडानबाट नेपाल आउँदा अनिवार्य १० दिन सरकारले तोकेकाे होटेल क्वरेण्टीनमा बस्नुपर्ने छ ।

नुवाकोट कांग्रेसले पार्टी कार्यालयलाई कोभिड अस्पताल बनाउन दिने

काठमाडौँ : कोभिड-१९ संक्रमणको जोखिम भएपछि नेपाली कांग्रेस नुवाकोटले पार्टी कार्यालयमै अस्पताल बनाउन अनुरोध गरेको छ । नुवाकोट कांग्रेसले कोभिड संक्रमितहरूलाई व्यवस्थापन गर्न विदुरस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा करिव १२० शैयाको कोभिड अस्थायी अस्पताल बनाउन मिल्ने भन्‍दै जिल्ला कोभिड रोकथाम तथा नियन्त्रण केन्द्रलाई अनुरोध गरेको हो ।

नुवाकोटमा कोभिडका संक्रमितहरूको सङ्ख्या बढ्दै जाँदा अस्पतालका बेडहरू क्रमशः भरिदै गएको र पछिल्लो समय कोभिड संक्रमितहरूका लागि वेड अभाव हुन थालेको गुनासोलाई सम्‍बोधन गर्न अस्पताल बनाउन अनुरोध गरेको सभापति जगदीशनरसिंह केसीले बताए ।

जिल्ला सभापति जगदीशनरसिंह केसीले कोरोनाको नयाँ भेरियन्टसहितको संक्रमण बढेर महामारी फैलिएका वेला जनताको स्वास्थ्योपचारका लागि सरकारले व्यवस्थापन गर्न नसकेको भन्दै कांग्रेसको पार्टी कार्यालयमै अस्पताल बनाउन आग्रह गरेको बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।