नेहा कक्कडले उडाइन् आफ्नै तौलबारे मजाक

रामेछाप खबर संवाददाता

काठमाडौं।

बलिउड गायिका नेहा कक्कडले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै आफ्नो तौल बढेको भन्दै मजाक उडाएकी हुन्। उनले आफ्नो पहिलाको तस्बिरबारे लेखेकी छिन्– जब म पातली थिए, त्यो पनि केही महिना पहिला। केही दिनअगाडि सार्वजनिक एक भिडियोमा उनी व्यायाम गरिरहेको देखिएको थियो। अहिले भने आफू मोटो भएको भन्दै उनले आफ्नै मजाक उडाइरहेकी छिन्।

प्रियंका र निकले भारतका लागि जुटाए साढे २ करोड सहयोग

काठमाडौं अमेरिकामा रहेको अभिनेत्री प्रियंका चोपडा र उनका पति निक जोनसले हालै कोभिड १९ फन्डरेजरको सुरुवात गर्दै विश्वभरका मानिससँग भारतका लागि मद्दत मागेका छन । यो अभियान सुरु गरेको २४ घन्टामा २ करोड ५० लाख सहयोग प्राप्त भएको छ ।

प्रियंकाले सोसल मिडियाको माध्यमबाट यो मुश्किल समयमा मद्दत गर्ने सबैलाई धन्यवाद व्यक्त गरेकी छन् ।

प्रियंकाले आफूलाई सामाजिक सञ्जालमा पछ्याउने (फलोअर्स) लाई अपिल गर्दै अगाडि लेखेकी छन्, ‘इन्स्टाग्राममा मेरो ६३ फलोअर्स छ । एक लाखले १० डलर सहयोग गरे पनि एक मिलियन डलर हुन्छ, जुन एक ठूलो राशी हो ।’ जम्मा भएको सम्पूर्ण रकम भारतमा कोभिड केयर सेन्टर, आइसोलेशन सेन्टर र अक्सिजन जनरेशन प्लान्ट्स बनाउन खर्च गरिने उनले बताएकी छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।