निषेधाज्ञामा थप कडाइ, के हुन्छ बैंक तथा वित्तीय संस्था ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ वैशाख ।

काठमाडौँ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न गठित निर्देशक समिति (सीसीएमसी)ले निषेधाज्ञा लागू भएका जिल्लामा थप कडाइ गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको बैठकले परिस्थिती झनै डरलाग्दो भएको भन्दै निषेधाज्ञालाई थप कडाई गर्ने नीति लिएको हो ।

बैठकले बैंक तथा वित्तीय संस्थाहरू र सरकारी कार्यालयहरू एक चौथाई मात्र कर्मचारी राखेर सञ्चालन गर्ने निर्णय गरेको छ । त्यस्तै निजी क्षेत्रको निर्माण कार्य ठप्प पार्ने र सार्वजनिक स्थलको निर्माण कार्यलाई भने त्यही खानाको व्यवस्था मिलाएर काम गराउने जस्ता निर्णय पनि गरेको छ ।

अक्सिजनमा हुने कालोबजारीलाई रोक्ने र होटेल क्वारेन्टाइनलाई थप व्यवस्थिति गरिने भएको हो । बैठकले काठमाडौँ उपत्यकाका सरकारी अस्पताललाई व्यवस्थित गर्ने र त्यसले पनि नपुगे निजी अस्पालललाई कोभिड अस्पतालका रूपमा विकास गर्ने पनि निर्णय गरेको छ ।

खुल्यो सिइडिबी हाइड्रोपावरको आइपिओ, कस्तो छ कम्पनी

सिइडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको प्राथमिक सेयर (आइपिओ) खुलेको छ। अंकित मूल्य १ सयका दरले कुल २५ लाख १८ हजार २३० कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये कर्मचारी र सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता सेयर सर्वसाधारणका लागि हो।

एक व्यक्तिले न्यूनतम १० कित्ता अर्थात १ हजार रुपैयाँको आवेदन दिन सक्नेछन्। बिक्री प्रवन्धकका रुपमा सनराइज क्यापिटल रहेको छ। आइपिओमा वैशाख २१ गतेसम्म आवेदन दिन सकिनेछ। अनलाइन मेरो सेयरमार्फत सर्वसाधारणले घरमै बसेर आइपिओमा आवेदन दिन सक्नेछन्।

कस्तो छ कम्पनी ?

कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ छ भने प्रतिसेयर खुद सम्पत्ति १३८ रुपैयाँ ७९ पैसा छ। कम्पनीले यस आइपिओबाट प्राप्त गर्ने रकम ५ मेगावाट क्षमताको रुकुम गाड जलविद्युत आयोजनामा लगाउनेछ।

सो आयोजनामा १ अर्ब १४ करोड ९६ लाख रुपैयाँ लगानी लाग्ने अनुमान छ। यसमा प्रतिमेगावाट २२ करोड ९९ लाख रुपैयाँ लागत पर्नेछ।

लगानी फिर्ता हुन ७.७६ वर्ष लाग्नेछ। केयर रेटिङ नेपालले कम्पनीलाई एनपी बीबी रेटिङ प्रदान गरेको छ। जसले दायित्व वहन गर्न कम्पनी औसत स्तरमा रहेको जनाउँछ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।