सासुसँगै बिहे गरे ज्वाईले ,जव छोरीले ह’निमूनमा आमालाईसाथै लिएर जाँदा

रामेछाप खबर संवाददाता

एजेन्सी ।

एक श्रीमानले श्रीमतीकी आमासँग जीवन बिताउन श्रीमती र छोरीलाई छोडेको घ’टना भर्खरै सार्वजनिक भएको छ । लण्डनकी ३४ वर्षीया लरेन वालले १९ वर्षको हुँदा पल ह्वाइटसँग विवाह गरेकी छिन् । उनले आफ्नी आमाले जे गरेकी छिन् त्यसका लागि उनलाई कहिले पनि मा’फी नदिने बताएकी छिन् ।
उनकी आमा जुली, अहिले ५३ वर्ष पुगिन्उ,उनको विवाहमा २५ हजार पाउन्ड अर्थात नेपाली ३७ लाख रुपैयाँ जति खर्च गरिन् । आमाप्रति आफू आभारी भएको देखाउन लरेनले दुई हप्ता लामो हनि’मुनमा उनलाई पनि सँगै लगिन् ।

तर अ’फसोच कुरा त जव अचम्म भयो जव ह’निमुनबाट फर्किएको आठ हप्तापछि पल घरबाट निस्किए र त्यसको ९ महिनापछि जुलीले बच्चा जन्माइन् र यससँगै उनीहरुले आफूहरु जोडी भएको सार्वजनिक रुपमै घोषणा गरे । लरेनले मिररसँगको कुराकानीमा पल उनकी आमासँग सधैं राम्रोसँग प्रस्तुत हुने गरेको बताइन् तर उनको यस्तो व्यवहारमा आफूले कुनै आ’शंका नगरेको पनि उनले स्पष्ट पारिन् ।

‘मैले यसलाई अचम्म ठानिनँ किनभने मेरी आमा उनको सासुआमा हुन् । पलले मेरी आमासँग निकै मित्रवत् न्यानो व्यवहार गर्दथे । उनीहरु सँगै हुँदा निकै हाँस्थे, रमाउँथे । यसमा मैले पी’र गर्नुपर्ने कारण देखिनँ । आखिर कसले देख्ला र ?’ तर एकदिन लरेनकी बहिनीले जुलीको फोन चलाउँदा उनी र पलबीचको संवाद देखिन् । जुलीले सबै कुरा अस्विकार गरिन् र पलले लरेनलाई आफ्नो फोन छुन पनि दिएनन् ।

त्यसको केही दिनपछि पलले आफ्नो विवाहको औंठी तुरुन्त फुकाले र लरेन र उनका सात महिने छोरीलाई घरमै छो’डेर आफू भने निस्किए । जब उनका श्रीमान् आफ्नै आमासँग बसिरहेका छन् भन्ने थाहा पाए तब लरेन निकै त’नावमा भइन् ।

‘मेरो लागि यो निकै भयानक अनुभव थियो । एउटी आमाले आफ्नी छोरीलाई यो भन्दा नराम्रो के गर्न सक्लिन् ? उनले मेरो श्रीमान् खोसिन्, मेरो परिवार र सपना दुबै चकनाचुर पारिन् । त्यसका लागि म मेरी आमालाई साँच्चै नै कहिले पनि माफी दिन सक्दिनँ । र दिने पनी कदापि छैन ! पल र लरेनको एक स्थानीय पबमा भेट भएको थियो । त्यसलगत्तै उनीहरु नजिकिए । सन् २००४ को मार्चमा छोरीको जन्म भएपछि पलले उनलाई विवाहको प्रस्ताव राखे । लरेन आफ्नो सम्बन्ध बलियो हुँदै गएकोमा निकै उत्साहित थिइन् र दुबैजनाको भविष्यबारे सोचेर उनी खुसी हुन्थिन् ।

‘सबै कुरा राम्रो थियो भनेर सोच्थेँ, सायद म सानै भएकोले पनि त्यस्तो सोच्थेँ । उसले मलाई आफ्नो बाँकी जीवन मसँगै बिताउने कुरा गर्दथ्यो,’ उनले भनिन् । तर ह’नि’मुन पछी जब पलले घर छोडे, लरेनले आफ्ना श्रीमान् आमासँग बसिरहेका छन् भन्ने आसपास हल्ला सुनिन् । त्यसपछि उनले आमालाई बाटोमा हिँड्दा गर्भ’वती भएको पनि देखिन् ।

लरेनका अनुसार जुलीले आफू गर्भ’वती भएको कुरा अस्विकार गरिन् । आफ्नो पेट सिस्टका कारण ठूलो भएको उनले बताइन् । त्यतिबेला लरेनको सम्बन्ध’विच्छेद भइसकेको थियो र उनी आफ्नो जीवन भिन्न तरिकाले व्यतित गर्ने प्रयासमा थिइन् । जब जुलीले बच्चा जन्माइन् तब लरेनले उनलाई अन्तिम टेक्स्ट मेसेज पठाइन्, ‘त्यसो भए सिस्ट फाल्नुभयो ?’

जुली र पलले त्यसको पाँच वर्षपछि विवाह गरे र लरेनले छोरीका खातिर उनीहरुको विवाहमा आफ्नो उपस्थिती देखाइन् । लरेनको आफ्नी आमासँग खासै भेट हुँदैन । उनी अहिले पनि पलसँगको वै’वाहिक जीवनमा नै छिन् । जीवनमा खुसीको बाटो रोज्नु उनको लागि सहज नभएको उनी बताउँछिन् । तर यति हुँदाहुँदै पनि उनी अब अगाडी बढिसकेकी छिन् र उनले नयाँ पार्ट’नर पाइसकेकी छिन् । उनी अहिले आफ्नो चौथो सन्तानलाई जन्माउने तरखरमा छिन् । एजेन्सी

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।