निषेधाज्ञामा के हुन्छ शेयर कारोबार ? यस्तो छ नेप्सेको सूचना !

रामेछाप खबर संवाददाता

काठमाडौं, १४ वैशाख ।

काठमाडौं, निषेधाज्ञाको अवधीमा पनि शेयर कारोबार बन्द नहुने भएको छ । वैशाख १६ गते काठमाडौं उपत्यकामा निषेधाज्ञा लागू हुन लागे पनि शेयर भने खुला रहने भएको छ ।

नेपाल स्टक एक्सेन्च (नेप्से)ले एक सूचना सार्वजनिक गदैं शेयर बजार खुला रहने बताएको छ । शेयर किन बेचको लिनु वा दिनु पर्ने भुक्तानी कनेक्ट आईपियसबाट सिध्रैं बैंक खातामा जम्मा गर्ने सकिने भएकाले बजार बन्द नगर्ने नेप्से जनाएको छ ।

त्रिभुवन विमास्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध

काठमाडौं : सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारगमनको रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाएको छ ।

नयाँ प्रकारको कोभिड–१९ को बढ्दो जोखिमलाई दृष्टिगत गरी यही वैशाख १५ गते मध्यरातदेखि लागू हुने गरी उक्त विमानस्थलबाट अन्य गन्तव्यतर्फ यात्रा गर्न रोक लगाइएको अध्यागमन विभागले जनाएको छ ।

त्रिभुवन विमानस्थललाई अन्तिम गन्तव्य बनाएर विदेशबाट आउन तथा उक्त विमानस्थलबाट विदेश जान पाउने व्यवस्थामा भने कुनै फेरबदल नगरिएको पनि उक्त विभागले जनाएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।