किन खान दम्पती दोस्रो सन्तानलाई सार्वजनिक गर्न चाहँदैनन् ?

रामेछाप खबर संवाददाता

मुम्बई ।

अभिनेता सैफ अली खान र करिना कपुरका छोरा तैमुर अली खान मिडिया फ्रेन्ड्ली छन् । उनी आफ्ना आमा बुबासँग प्रायः क्यामरामा कैद भइराख्छन् ।

तर खान दम्पतीले आफ्नो दोस्रो सन्तानलाई भने केही समय पब्लिक नगर्ने निर्णय लिएका छन् । यस जोडिसँग नजिकका एक व्यक्तिले खान दम्पतीको यो रक्षासंयन्त्र भएको भन्दै यसो भने, “तैमुरमा कस्तो असर पर्‍यो हेर्नुस् । सैफ र करिनाले तैमुरको फोटो खिच्न दिए र उनीहरू चाहन्थे कि तैमुर फोटोग्राफरहरूको अगाडि ज्ञानी होस् । तर अहिले फोटोग्राफरहरू देख्ने वित्तिकै तैमुर हात हल्लाउन थाल्छ, जुन एउटा बच्चाको लागि राम्रो होइन ।”

पहिलो सन्तानले धेरै एक्सपोजर पाएपछि करिना र सैफले आफ्नो दोस्रो सन्तानलाई कम्तीमा केही समयका लागि भिडबाट पुरै टाढा राख्ने निर्णय लिएका हुन् ।
मजदुरलाई दिल्ली सरकारले ५ हजार सहयोग गर्ने

काठमाडौं – भारतको केन्द्रीय राजधानी दिल्ली सरकारले मजदुरलाई पाँच हजार सहयोग गर्ने भएको छ। दिल्ली सरकारले हाइकोर्टको फैसला कार्यान्वयन गर्दै कोरोनाबाट प्रभावित मजदुरलाई पाँच हजार सहयोग गर्ने घोषणा गरेको हो। कोरोना भाइरसको महामारी बढ्दै गएपछि दिल्ली एक साताका लागि लकडाउन गरिएको छ। लकडाउनका कारण श्रमिक घरतर्फ जाने क्रम बढेको छ।

मजदुरलाई समस्या परेको भन्दै हाइकोर्टले दिल्ली सरकारलाई आर्थिक सहयोग गर्न आदेश दिएको थियो। हाइकोर्टले दिल्ली सरकारलाई निर्देशन दिँदै मजदुरलाई अत्यावश्यक सेवा पुर्‍याउन भनेको छ। दिल्ली सरकारले ज्यालादारी र प्रवासी मजदुरका लागि सेल्टर र्मिाण गरी खाना, पानी र मेडिकल सम्बसिन्ध सेवा उपलब्ध गराउने छ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।