नेपाली बजारमा सुनको मूल्य यति धेरै रुपैयाँले बढ्यो, चाँदीको पनि मूल्य बृद्धि

रामेछाप खबर संवाददाता

काठमाडौं, ८ बैसाख ।

पछिल्लो दिनमा उतारचढाव देखिएको नेपाली सुनचाँदी बजारमा आज बुधबार भने सुनको भाउ एकैपटक प्रतितोला एक हजार ३०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक हजार ३०० रुपैयाँले बढेर ९२ हजार तोलामा कारोबार हुने भएको हो ।

हिजो सामान्य घटेर ९० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज बढेको हो । सोही परिमाणको तेजावी सुनको भाउ आज प्रतितोला ९१ हजार ५०० रुपैयाँ रहेको छ । लगातार तीन दिनसम्म स्थिर रहेको चाँदीको भाउ आज भने बृद्धि भएको छ । हिजो प्रतितोला एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १० रुपैयाँले बढेर एक हजार ३१० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

मञ्जुश्री फाइनान्सले कमायो ३७ करोड ५१ लाख मुनाफा

काठमाडौं, मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चैत्र मसान्तसम्ममा ३७ करोड ५१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ ।

कम्पनीको चुक्तापुँजी पनि १८ प्रतिशतले बढेको छ । यो गत वर्षको तुलनामा ९४ दशमलव १६ प्रतिशतले धेरै हो । त्यस्तै, चैत्र मसान्तसम्मा कम्पनीको वितरण योग्य नाफा २८ करोड २१ लाख ३१ हजार रुपैयाँ र जगेडा कोष पनि ३६ दशमलव ८४ प्रतिशतले बृद्वि भएको छ । इन्स्योरेन्सको प्रतिशेयर आम्दानी २० रुपैयाँ ३३ पैसाबाट बढेर ५१ रुपैयाँ ८२ पैसा पुगेको विवरणमा उल्लेख गरिएको छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।