छोरीको फोटो खिच्ने पत्रकारलाई अनुष्काको यस्तो प्रतिक्रिया

रामेछाप खबर संवाददाता

मुम्बई, ७ बैसाख ।

बलिउड अभिनेत्री अनुष्का शर्मा र उनका क्रिकेटर श्रीमान् विराट कोहलीलाई भर्खरै मुम्बई एयरपोर्टमा स्पट गरिएको छ । त्यहि क्रममा उक्त जोडीले आफ्नी छोरी वामिकालाई पनि साथमा लिएको देखिएको छ । वास्तवमा आईपीएल- २०२१ को क्रममा विराटको टीम रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयल्सको आगामी खेल बुधवार मुम्बई हुन लागेको छ ।

त्यो भन्दा पहिला वरुष्का आफ्नी छोरीको साथमा आफ्नो घर फर्किएका छन् । एयरपोर्टबाट निस्कँदै गरेका अनुष्का र विराटको केही तस्वीर र भिडियो बाहिरिएको छ । जसमा दुबै जनाले महामारीलाई ध्यानमा राख्दै पूर्ण सावधानी अपनाएको देखिएको छ । दुबैले आफ्नो अनुहारमा मास्क र फेसशील्ड लगाएका छन् ।

त्यही क्रममा अनुष्का बेबी स्लिङमा छोरीलाई बोकेको देखिएको छ । उनले अर्को एउटा ब्याग पनि बोकेकी थिइन् । वामिकाको अनुहार देखिएको थिएन ।
उक्त फोटोलाई ध्यान दिएर हेर्ने हो भने अनुष्का केही सचेत भएको देखिन्छ र क्यामरामा केही कडाईका साथ हेरेको देखिएकी छिन् । अनुष्काको उक्त फोटोमा एक जनाले अनुष्कालाई छोरी वामिकाको अनुहार देखिएलाकी भन्ने डर लागेको छ भनेर कमेन्ट गरका छन् । त्यस्तै अर्का एक जनाले क्यामराम्यानलाई जसरी हेरेकी छिन् उनलाई त्यही मारिहाल्छिन् जस्तो लागेको छ भनेर लेखेका छन् ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।