बोइलर कुखुराको मूल्यमा वृद्धि, नयाँ रेकर्ड कायम

रामेछाप खबर संवाददाता

काठमाडौँ, २ चैत ।

जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर खरिद मूल्यमा वृद्धि भएको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले आज (बिहीबार) देखि लागु हुने गरी १० रुपैयाँले बढाइएको जनाएको छ । १० रुपैयाँ बढाइएसँगै बोइलर कुखुराको भाउ ३ सय पुगेको छ ।

तयारी ब्रोइलर कुखुराको मासुको खुद्रा बिक्री मूल्य ४१५ रुपैयाँ पुगेको एको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले जानकारी दिए । यो मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको पनि उनले बताए ।

यस अघि सबैभन्दा धेरै ३९० रुपैयाँ सबैभन्दा धेरै मूल्य पुगेको थियो । चैत २४ गते मात्र मूल्य वृद्धि भएको थियो । त्यतिखेर जिउँदो कुखुरामा प्रतिकेजी १० रुपैयाँ र मासुमा प्रतिकेजी १० रुपैयाँ बढाएको थियो
लकडाउनको समयमा ह्याचरी संघले ठूलो परिमाणमा अण्डा, चल्ला र कुखुरा नष्ट गर्दा पनि मूल्य यसरी महंगो भएको थिएन ।

यता नेपाल कुखुरा पालक किसान संघले भने मूल्य वृद्धिमा आपत्ति जनाएको छ । उपभोक्ता र किसान माथि ठगी भएको भन्दै संघले आपत्ति जनाएको हो ।

‘सरकारले मूल्य वृद्धि हुनुको कारण खोज्नु पर्‍यो ’ नेपाल कुखुरा पालक संघका अध्यक्ष झनक प्रसाद पौडेलले भने,‘हामीले पटक पटक भनेका छौँ । ३ सय ६० भन्दा बढी हुनु हुँदैन । तर सरकारले चासो दिएन ।’

उनले यसरी नीति नियम भन्दा बाहिर गएर रातारात धनाढ्य बन्ने लक्ष्य लिएर मूल्य वृद्धि गर्ने संघ र सरकार प्रति घोर आपत्ति रहेको बताए । ‘किसान र उपभोक्ता मूल्यमा देखिएको अन्तर बिचौलियाको नाफा भएको पनि बताए ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।