हृदयघात हुनुभन्दा एक महिनाअघि शरीरले दिन थाल्छ यस्ता संकेत, रहनुहोस् अर्लट

रामेछाप खबर संवाददाता

काठमाडौँ ।

हृदयघातको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ। यो जतिखेर पनि जहाँ पनि आउन सक्छ। हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ।बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन । यौवनावस्थामा रहेका व्यक्ति पनि यसको शिकार हुन्छन्। हृदयघात हुनुभन्दा एक महिनापहिले नै यसको लक्षण देखिन शुरु गर्छ। यसमा ध्यान दिँदा यसको खतराबाट बच्न सकिन्छ।

अन्य भागमा पीडा
छाती वा शरीरका अन्य भागमा पीडा भयो भने हृदयघातको संकेत हो । छाती बाँउडियो भने त पक्का हृदयघातको लक्षण हो । सास लिन अप्ठ्यारो सास लिन गाह्रो भयो भने पनि हृदयघातको लक्षण हो । यस्तो समस्या महिलाहरूमा बढी देखिन्छ । पाचनतन्त्रमा गडबडी पाचनतन्त्रसँग जोडिएका समस्या छ भने बेवास्ता नगर्नुस् । यो पनि हृदयघातको लक्षण हुनसक्छ ।

आत्तिने
लगातार तनाव, चिन्ता र डर महसूस गर्नुहुन्छ भने सम्भावित हृदयघातको लक्षण हुनसक्छ । अत्यधिक पसिना कसरत वा हिँडडुल गर्दा अत्यधिक पसिना आउनु त सामान्य कुरा हो र अकारण पसिना आयो भने चाहिँ हृदयघातको लक्षण हो।

गोडा फुल्ने
मुटुलाई शरीरका अन्य अंगमा रगत पु-याउन समस्या आएमा शिराहरू फुल्छन् । यो फुल्नु भनेको हृदयघातको लक्षण हो । ढुकढुकी बढ्नु धेरै दिनसम्म नसा र ढुकढुकी तीव्र गतिमा दौडिरहेका छन् भने बेवास्ता नगर्नुस् र चिकित्सकलाई अवश्य देखाउनुस्।

यी हुन् जीवनमा सफलता प्राप्त गर्ने अचुक उपायहरु

जीवनमा सफलता प्राप्त गर्नका लागि चाणक्य नीतिलाई वैज्ञानिक मानिएको छ । सफलताका लागि चाणक्यका सिंह सुत्रका ५ मन्त्रः यदि कुनै ब्यक्तिलाई आफ्नो लक्ष्य प्राप्त गर्नु छ भने उसले पूरै शक्ति लगाएर काम गर्नुपर्छ । जसप्रकार जंगलका राजा मानिने सिंह आफ्नो शिकार गर्छन् ।

चाणक्यकाअनुसार हामी जे पनि कार्य गर्छौ, उसलाई पूरै ताकतका साथ गर्नुपर्छ । कार्य सानो होस वा ठूलो जस्तो भएपनि पूरै शक्ति लगाएर काम गर्दामात्र कामयाबी सम्भव हुन्छ । सिंह आफ्नो शिकारमाथि पूरै शक्ति लगाएर झम्टिन्छ र भाग्ने कुनै मौका दिदैंन । यही गुणका कारण उ कहिल्यैं असफल हुँदैंन ।
यसकारण हामी पनि एक सिंहको जस्तै आफ्नो लक्ष्यमाथि झम्टनुपर्छ, अगाडि बढ्नुपर्छ । कार्यमा कुनै पनि प्रकारको ढिलापन वा लापरवाही भएमा सफलता हामीबाट निकै टाढा भइसकेको हुनेछ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।