किन खस्छ पाठेघर ? सबै महिलाहरुले जान्नै पर्ने कुरा

रामेछाप खबर संवाददाता


नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो । महिलाको पाठेघर झर्नु (खस्नु) को मुख्य कारण गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससंग जोडिएका अंगहरु विस्तारै तल खस्नाले हुन्छ । पाठेघर झर्नुका मुख्य कारणहरु निम्न छन्-

कम उमेरमा विवाह गर्नाले कम उमेरमा बच्चा जन्माउनाले र गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनाले बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नाले सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौँ कामहरु गर्नाले गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनाले सुत्केरी अवस्थामा धेरै हिड्ने, गह्रौँ भारी उचाल्ने बोक्ने गर्नाले चुरोट खाएर बारम्बार खोकी रहनाले पनि पाठेघर खस्नुका कारण हो ।

सुन्दर रहन चाहनुहुन्छः यी घरेलु उपायहरु अपनाउनुहोस्

युवतीहरु सुन्दर रहन विभिन्न क्रिम पाउडरको प्रयोग गर्छन् । केही यस्ता घरेलु उपायहरु पनि छन् जसका कारण सुन्दर रहन सकिन्छ । हरेक कुरा मार्केटमा पाइने समाग्रीभन्दा पनि केही घरेलु उपाय बढी फाइदाजनक हुने गर्छन् । क्रिम पाउण्डरको प्रयोग बिना पनि युवतीहरु सुन्दर रहन सक्छन् । केही यस्ता फुड्सहरुको प्रयोगबाट पनि सुन्दरता सन्तुलन गर्न मिल्छ ।
१. नीम्बुको रस
यो जति हाम्रो स्वास्थ्यको लागि फाइदाजनक छ त्योभन्दा पनि बढी मुहारमा सौन्दर्यता ल्याउन मदत गर्छ । यसले तपाईको स्किनको पोर्सलाई टाइट गर्ने काम गर्छ । अनुहारबाट तेल हटाउछ । अनुहार सफा र चमकदार देखाउने काम गर्छ । निम्बु अनुहारमा लगाएको केही छिन पछि अनुहार पखाल्नुपर्छ ।

२. स्ट्रबरी
यसमा भिटामिन सी, एंटीआक्सीडेन्ट पाइन्छ । तपाईले यसलाई सोझै अनुहारमा विस्तारै लगाउन सक्नुहुन्छ । यसले तपाईको छालामा निखार ल्याउने काम गर्छ ।

३. केरा
यसको प्रयोगले अनुहारमा रिफ्रेसमेन्ट ल्याउने काम गर्छ । एउटा केरा लिनुहोस् त्यसमा मह मिसाउनु होस् । यसलाई अनुहारमा दश मिनेटसम्म रहन दिनुहोस् । यस पछाडि तपाईको अनुहारमा चमक देखिन्छ ।

४. सुन्तला
सुन्तलामा भिटामिन सी पाइन्छ । यसले अनुहारको छालामा सुधार ल्याउने काम गर्छ । यसलाई खानाले अनुहारमा फ्रुस्रोपना हुदैन । यदी यसको ब्रोकाको पाउण्डर बनाएर प्रयोग गर्न पनि सक्नुहुन्छ ।

५. मेवा
यसमा एंटीअक्सीडेन्ट तथा पेपन नामक एंजाइम पाइन्छ । यसले छालामा रहेको नकारात्मक कुराहरु हटाउने काम गर्छ । यसले डेड स्किनलाई समेत सफा गर्ने काम गर्छ । यसलाई खाँदा वा लगाउँदा दुवै शरिरलाई फाइदाजनक रहेको छ ।

६. आँप
यसमा भिटामिन ए र एंटी अक्सीडेन्ट पाइन्छ । यसले छालालाई कसिलो बनाउने काम गर्छ ।

७. मह
अनुहारमा दैनिक महको प्रयोग गर्नाले छाला नरम बनाउने काम गर्छ । यसलाई दैनिक पाँच मिनेट अनुहारमा लगाउनुहोस् र धुनुहोस् । तपाईले यसलाई पानीसँग पनि पिउन सक्नुहुन्छ ।

८. अंडा
अण्डाको सेतो भागलाई अनुहारमा लगाउँदा तपाईको अनुहारमा भएको फुस्रोपन हराएर जान्छ । यसले अनुहारमा चमक ल्याउने काम गर्छ ।

तपाईको समाचार, लेख /रचना वा सुझाव र प्रतिक्रिया भएमा hamrosandesh@yahoo.com मा पठाउनुहोला ।