शाहरुख खानसंग ‘केटी पट्याउने काइदा’ का बारेमा प्रश्न सोधिएपछि…

रामेछाप खबर संवाददाता

मुम्बई–

बलिउड अभिनेता शाहरुख खान अहिले फिल्मबाट टाढा छन् । यद्यपि, उनी आफ्ना प्रशंसकहरुसंग जोडिरहन्छन् ।
शाहरुख खान समय–समयमा आफ्ना प्रशंसकहरुसंग सामाजिक सञ्चालमा आएर प्रश्नोत्रर कार्यक्रम सञ्चालन गरिन्छन् । आस्क एसआरके सेशनमार्फत नी प्रशंसकहरुको प्रश्नको जवाफ दिने गर्छन् । सोहि क्रममा एक जना प्रशंसकले शाहरुखसंग केटी पट्याउने एक–दुई वटा टिप्स दिनु न रु भन्ने प्रश्न गरेका छन् ।
त्यसको जवाफमा शाहरुखले भने– ‘सबैभन्दा पहिला केटी पट्याउने भन्ने शब्द प्रयोग गर्न बन्द गर्नुहोस् । केही इज्जत र सम्मानका साथ प्रस्तुत आउने कोशिश गर्नु होस् ।’ त्इसबाहेक अर्का एक जनाले शाहरुख खानलाई उनको अन्डरवेयरको रंगका बारेमा समेत प्रशन सोधे ।

उनले ‘सर तपाईंको अन्डरवेयरको रंग कस्तो छ ?’ भन्ने प्रश्न सोधेका थिए । त्यसको जवाफ शाहरुखले रमाइलो तरिकाले दिएका छन् । उनले ‘म यस्तै शानदार र शिक्षित प्रश्नहरुका लागि नै आस्क एसआरके जस्तो सेशन राख्ने गर्छु’ भनेर जवाफ दिएका छन् ।

पूजाको नजरमा प्रियंकाको ड्रेस बेष्ट

नायिका पूजा शर्माले नेपाली चलचित्र क्षेत्रमा नायिका प्रियंका कार्कीको पहिरनप्रतिको रोजाई उत्कृष्ट रहेको बताएकी छिन् । काठमाण्डौको पुतलीसडकमा संचालनमा आएको ‘शुभबस्त्रम्’को उद्घाटन गर्न पुगेकी पूजाले प्रियंकाको पहिरन लगाउने शैलीको तारिफ गरिन् ।

आफूले भने समय र परिस्थती अनुसार पहिरन लगाउने पूजाको तर्क थियो । पूजाले भनिन्–‘मलाई पहिरन महंगो हुँदैमा उत्कृष्ट हुन्छ भन्ने लाग्दैन । मुख्यकुरा, पहिरन लगाउँदा सुहाउन पर्छ । म आफूलाई सुहाउने पहिरन लगाउँछु ।’

उनले, महंगो पैसा हालेपनि कहिलेकाही ड्रेस डिजाइनरहरुका कारण पहिरन कमसल पर्ने गरेको गुनासो गरिन् । उनले भनिन्–‘हामीले डिजाइनरहरुले मागेको रकम नै दिएका हुन्छौं । तर, कपडा भने निकै कमसल बनाइदिनुहुन्छ । जसलेगर्दा, कहिलेकाही कार्यक्रममा नै धोका पाइन्छ ।’महिला तथा पुरुष दुबैका लागि डिजाइनका पहिरन पाइने शुभबस्त्रम् आफ्नो पनि रोजाइको ठाउँ रहेको पूजाको तर्क थियो ।