सलमान खानले मलाई धोका दिएकै कारण ब्रेकअप दिँए : सोमी अली

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ चैत ।

बलिउडका सुपरस्टार सलमान खान आफ्नो रिलेशनसीपका कारण पुनः चर्चामा आएका छन् । उनकी पूर्व प्रेमिका सोमी अलीका अनुसार सलमान खानले धोका दिएकै कारण उनीहरुको ब्रेकअप भएको खुलासा भएको छ ।

बलिउड लाइफको एक रिपोर्टका अनुसार सोमी अलीले भनेकी छन्, ‘धेरै पटक संगीता बिजलानीसँग सलमान खानलाई देखेको थिए । मेरै कारण सलमान र संगीता बिजलानीको ब्रेकअप भयो । त्यसबेला, म यो महसुस गर्नका लागि धेरै सानो थिए ।’

सलमान खान र संगीता बिजलानीको बारेमा कुरा गर्दै सोमी अलीले भनेकी छन्, ‘म अक्सर सलमान खान र संगीता बिजलानीलाई उनको घरमा सँगै देख्ने गर्थें । यो कुराले मलाई अप्ठ्यारो बनाउँथ्यो । म सलमान खानसँग रिलेशनसीपमा आएको करिब एक वर्षपछि एक अर्कालाई डेट गर्न थाल्यौं ।’

उनले थप भनेकी छन्, ‘उनीहरूको केवल मेरो कारणले ब्रेकअप भएको थियो । यो गलत थियो, तर म यो महसुस गर्नका लागि धेरै सानो थिएँ ।’
सोमी अलीले सलमान खानसँग ब्रेकअप गर्नुको कारण खुलाउदै भनिन्, ‘सलमान खानले सम्बन्धमा मलाई धोका दिए । त्यसैले मैले उनीसँग ब्रेकअप गरेँ ।’

सोमी अलीले थप भनेकी छन्, ‘हामीले एक अर्कासँग राम्रो समय बिताइरहेका थियौं । तर, सञ्जय लीला भन्सालीको फिल्म ‘हम दिल दे चुके सनम’को शूटिंग शुरू भयो । यस फिल्ममा सलमान खान र ऐश्वर्या राई मुख्य भूमिकामा थिए । यसै फिल्ममा सलमान खान र ऐश्वर्या राईको भेट भयो ।

सोही फिल्मको सेटबाट उनीहरुको सम्बन्ध बढ्यो । फिल्मको शूटिङ सकिएपछि सलमान खान र ऐश्वर्या एक अर्काको धेरै नजिक भइसकेका थिए । एक अर्कालाई डेट गरिरहेका थिए ।’