नेपाली बजारमा सुनचाँदीको भाउ घट्यो, तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १८ चैत ।

नेपाली बजारमा बुधवार सुनको मूल्यमा गिरावट आएको छ । मंगलवार छापावाल सुन प्रतितोला ८५ हजार ६ सय रुपैयाँमा काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधवार सुनको मूल्यमा ४ सय रुपैयाँको गिरावट आएको हो । मंगलवार छापावाल सुन प्रति तोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो । बुधवार तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार १५० रहेको छ । महासंघका अनुसार बुधवार चाँदीको मूल्य प्रति तोला १ हजार १ सय ९५ रुपैयाँ कायम भएको छ ।

बिहिबारदेखि अनलाइनबाटै क्यान इन्फोटेकको स्पोन्सर तथा स्टल बुकिङ गर्न सकिने

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले चैत १९ गते बिहीबारदेखि स्पोन्सर तथा स्टल बुकिङ खुला गर्ने भएको छ । क्यान महासंघले बिहीबार बिहान १० बजेदेखि अनलाइनबाटै स्पोन्सर तथा स्टल बुकिङ गर्ने भएको हो ।

stalls.can.org.np वेबसाइटमा गएर अनलाइनबाटै स्पोन्सर तथा स्टल बुकिङ गर्न सकिने क्यान महासंघले जानकारी दिएको छ । अनलाइन बुकिङ गर्दा कुल रकमको ५० प्रतिशत पेमेन्ट गर्नुपर्ने छ । बुकिङ रकम ई-बैंकिङ तथा क्युआर कोड स्क्यान गरेर पनि पठाउन सकिने छ ।

साथै सिद्धार्थ बैंकमा रहेको क्यानको खातामा समेत बैंक गएर पैसा जम्मा गर्न सकिने छ । जसको भौचर अनलाइबाट बुकिङ गर्दा अट्याच गर्नुपर्ने जनाइएको छ ।

आगामी बैशाख २८ गतेदेखि जेठ २ गतेसम्म क्यान इन्फोटेक २०२१ सञ्चालन हुनेछ । यस पटकको इन्फोटेकको शिर्ष प्रायोजकमा प्रभु पे रहेको छ भने सह प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेशन्स रहेको छ ।