सुनको भाउ घट्यो , तोलाको कती पुग्यो ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १७ चैत ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मगलबार स्थानीय बजारमा सुनको भाउमा गिरावट आएको छ । हिजो सोमबार प्रतितोला ८६ हजार ५०० रुपैयाँमा कारोबार छापावाल सुनको भाउ मंगलबार भने ५०० रुपैयाँ घटेर ८६ हजार रुपैयाँमा कारोबार हुनेछ ।

सोही परिमाणको तेजावी सुनको मूल्य आज प्रतितोला ८५ हजार ५५० रुपैयाँ पर्नेछ । यता, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेको छ । महासंघका अनुसार यसअघि प्रतितोला एक हजार २२५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने एक हजार २१५ रुपैयाँ रहेको छ ।

एनआईसी एसिया बैंकले पनि ल्यायाे प्रिपेड डलर कार्ड

एनआईसी एशिया बैंकले विभिन्न विदेशी अनलाइन माध्यमहरूबाट खरिद गरिने सामग्री तथा सेवाको लागत रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको प्रिपेड डलर कार्ड सार्वजनिक गरेको छ। नेपाल राष्ट्र बैंकद्वारा जारी ‘अनलाईमार्फत विदेशबाट वस्तु तथा सेवा खरिद वापतको भुक्तानी गर्ने प्रयोजनको लागि परिवत्र्य विदेशी मुद्राको प्रिपेड कार्ड जारी गर्न सकिने सम्बन्धी सूचना’लाई मध्यनजर गर्दै बैंकले अमेरिकी डलरमा आधारित प्रिपेड कार्डको व्यवस्था गरेको हो।

भिसा कार्डमा आधारित हुने यस कार्डमार्फत ग्राहकहरूले वार्षिक अधिकतम ५०० अमेरिकी डलरबराबरको अनलाइन किनमेल गरी भारत र भुटानबाहेक विश्वका अन्य मुलुकमा भुक्तानी गर्न सक्नेछन्। कार्ड प्राप्त गर्नका लागि ग्राहकहरूको केवाईसी विवरण अद्यावधिक गरिएको खातासँगै प्यान कार्ड हुनुपर्नेछ ।

यस सुविधामार्फत ग्राहकहरूले स्वदेशमै रहेर पनि प्रतिष्ठित अन्तर्राष्ट्रिय ई–कमर्स प्लाटफर्ममार्फत किनमेल गर्न सहज हुने बैंकले विश्वास लिएको छ। उक्त कार्ड जारी गर्दा बैंकले कार्ड शुल्कबापत निश्चित रकम लिनेछ भने पहिलोपटक डलर लोड गर्दा निःशुल्क हुने व्यवस्था समेत गरेको छ।

ग्राहकहरूले एकैपटक वा पटक–पटक गरी एक वर्षमा अधिकतम ५ सय अमेरिकी डलरबराबर सटही गरी कार्डमा लोड गर्न सक्ने व्यवस्था गरिएको छ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यो बैंक मुलुकभर रहेका ३५२ शाखा कार्यालयहरू, ४७१ एटीएम, ७५ वटा विस्तारित काउण्टर एवं ८० वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ।