कानुनी राजमा विश्वास गर्ने म कसरी रेशम चौधरीलाई रिहा गर्न सक्छु ? : प्रधानमन्त्री

रामेछाप खबर संवाददाता


प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले रेशम चौधरीलाई रिहा गर्न नसक्ने स्पष्ट पारेका छन् । उनले आफू कानुनी राजमा विश्वास गर्ने मान्छे भएकाले अदालतले जे गर्छ त्यही अनुसार हुने बताए ।
शनिबार लोकान्तर डट्कमका प्रधान सम्पादक विमल गौतमलाई विशेष अन्तरवार्ता दिँदै ओलीले रेशम चौधरी छुट्छन् कि छुट्दैनन् भन्ने विषय आफ्नो नभएर अदालतको भएको बताएका हुन् ।

म कसरी भन्नु सक्छु र रेशम चौधरीलाई रिहा गर्छु भनेर ? मुद्दा अदालतमा छ । म कसरी रिहा गर्न सक्छु’, उनले भने, ‘म कानुनी राजमा विश्वास गर्छु । रेशम चौधरी छुट्नु हुन्छ कि हुँदैन मेरो कुरा होइन, अदालतको विषय हो । उनी दोषी छन् कि छैनन् अदालतले छानबिन गर्ने कुरा हो । म न्यायाधीश होइन । मन्त्रिपरिषद्ले फैसला गर्दैन । मन्त्रिपरिषद्ले गरेको फैसला पनि त अदालतले उल्टाइदिने रैछ नि ।’

मन्त्रिपरिषद्ले गर्ने निर्णयका आधारमा राष्ट्रपतिबाट क्षमा गर्न सक्ने व्यवस्था भएपनि उनले मन्त्रिपरिषद्ले रेशम चौधरीको विषयमा फैसला नगर्ने र अदालतले भनेअनुसार नै हुने स्पष्ट पारे ।
बरु ओलीले आफू प्रधानमन्त्री भएमा रेशम चौधरीलाई रिहा गर्छु भनेर माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भनेको भन्दै कटाक्ष गरे ।

पाल्पाका सबै स्थानीय तहमा क्‍वारेन्टिन र आइसोलेसन तयारी राख्‍न निर्देशन

पाल्पा — जिल्ला संकट व्यवस्थापन समितिको बैठकले सबै स्थानीय तहमा क्‍वारेन्टिन र आइसोलेसन तयारी राख्न निर्देशन दिएको छ । कोभिड–१९ संक्रमणको सम्भावनालाई मध्यनजर गर्दै पहिलो संचालनमा आएको क्‍वारेन्टिन, आइसोलेसन केन्द्र तयारी अवस्थामा राख्न निर्देशन गरिसकेको प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेयले बताए । ‘छिमेकी मुलुक भारतमा कोभिड–१९ को संक्रमण तथा मृत्युदर समेत बढ्दै गएको सन्दर्भमा खुला सिमानाका कारण भारतबाट मानिसहरुको आवतजावत भएको छ,’ प्रजिअ पाण्डेयले भने, ‘त्यसैले यो जिल्लामा पनि भारतबाट फर्कनेको संख्या बढ्न सक्छ । त्यसैले सचेत गराएका छौं ।’
प्रजिअ पाण्डेयका अनुसार भारतसहित तेस्रो मुलुकबाट आउने व्यक्ति अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने छ । संकट व्यवस्थापन समितिका साथै सर्वपक्षीय बैठकले कोरोना संक्रमण रोकथाम र न्यूनीकरणका लागि निर्णय लिएको उनले बताए । भारत तथा तेस्रो मुलुकबाट आएका जोसुकै स्थानीय सरकारले निर्माण गरेको आइसोलेसन र क्‍वारेन्टिनमा बस्नु पर्ने उनले बताए । भारतलगायत तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिन होम क्वोरेन्टिन अनिवार्य गरिएको छ । उनीहरूको निगरानी गर्न प्रशासनले सबै स्थानीय तहलाई निर्देशन गरिसकिएको उनले बताए ।

भारतलगायत मुलुकबाट आउने मासिनहरुको वडा तथा समुदायस्तरबाट निगरानी र अभिलेखसमेत स्थानीय तहले राख्नेछन् । स्थानीय सरकारसँग समन्वय गरेर उनीहरूको कोरोना परीक्षणको व्यवस्था मिलाइने छ । संकट व्यवस्थापन समिटिको बैठकले होली (फागु) पूर्णिमालगायत मेला, जात्रा, महोत्सव, वार्षिकोत्सव, भेला, जुलुस तथा र्‍यालीजस्ता भीडभाड हुने कार्यक्रम गर्न रोक लगाएको छ । भीडभाडबाट कोभिड–१९ संक्रमण फैलिने हुँदा यस्ता गतिविधि नगर्न प्रशासनले निर्देशन दिएको छ । स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थालाई पत्राचार गरेको सहायक प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले बताए ।

प्रहरीले माइकिङमार्फत सन्देश प्रवाह गरेको छ । स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने छ । मास्क नलगाई हिँड्ने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने छ । साबुन पानीले नियमित हात धुनुपर्ने, स्यानीटाइजरको प्रयोग गर्नसमेत आग्रह गरेको छ । राति नौ बजेदेखि कुनै पनि होटल, रेस्टुरेन्ट, तथा मदिरा बिक्री वितरण गर्न पाइने छैन । पाल्पामा मौज्दात रहेका कोरोनाविरुद्धको खोप जिल्ला प्रवेश नाकामा रहेका बस्तीमा छुट भएका लक्षित समूहका व्यक्ति, शिक्षक, सवारी चालक र सहचालकलाई लगाइनेछ । निर्णयको पूर्णरुपमा पालना गरेर आफू बाँच्न र अरुलाई पनि बचाउन आम नागरिकसँग अपील गरेको छ ।