कोरोनाबारे वैज्ञानिकले दिए अहिलेसम्म नसोचेकै यस्तो चेतावनी, अब के हुन्छ? तुरन्तै हेर्नुहोस

रामेछाप खबर संवाददाता

एजेन्सी, १४ चैत ।

काेराेना भाइरसकाे नयाँ प्रकार देखिएसँगै कैयाैं देशमा संक्रमणकाे दाेस्रो लहर सुरु भएकाे छ । भारतसहित युराेपका कैयाैं मुलुकमा भाइरसकाे दाेस्रा वा तेस्राे लहरले आतंक मच्चाइरहेकाे छ ।

काेराेना भाइरसकाे उत्परिवर्तित प्रकारबाट संक्रमित हुनेकाे संख्या बढिरहेका बेला बेलायतका एक वैज्ञानिकले चेतावनी दिँदै भनेका छन्- हरेक दुईदेखि चार वर्षभित्र मानिसहरु पुन: संक्रमित हुने संभावना थप बढेकाे छ । इङल्याण्डकाे इष्ट एङलिया विश्वविद्यालयका प्राध्यापक एवं वरिष्ठ वैज्ञानिक पल हन्टरले हरेक २ -४ वर्षमा भाइरसका नयाँ-नयाँ प्रकार देखिन सक्ने बताएका हुन् । मानिसहरु काेराेना भाइरसकाे उत्परिवर्तित प्रकारबाट पुन: संक्रमित हुने संभावना बढेकाे समेत उनकाे चेतावनी छ।

औषधी विज्ञानका प्राध्यापक समेत रहेका हन्टरका अनुसार भविष्यमा भाइरसकाे नयाँ प्रकार देखिने कुरा सामान्य हुने छ । तर काेराेना भाइरसका सबै नयाँ प्रकारले गम्भीर खाले राेग निम्त्याउने संभावना भने कम हुन सक्ने उनेकाे दाबी छ ।

साथै हन्टरले चेतावनी दिँदै भन्छन्, ‘अनुमान गर्न निकै कठिन छ किनभने नयाँ प्रकारकाे भाइरसले निम्त्याउन सक्ने समस्याबारे हामीलाई कत्ति पनि थाहा छैन ।’ काेराेना भाइरसकाे विद्यमान स्वरुपका विरुद्ध विकास गरिएका खाेप साेचे अनुसार प्रभावकारी हुन नसकेकाे बेला हन्टरकाे भनाइ बाहिर आएकाे हाे । विभिन्न सरकारका सल्लाहकारले समेत भाइरसकाे विद्यमान स्वरुपविरुद्ध विकास गरिएका खाेप कम प्रभाव भइरहेकाे बताइरहेका छन् ।

विशेषगरी सुरुमा बेलायतकाे केन्ट र ब्राजिलमा देखा परेकाे र तीव्र रुपमा संक्रमण गर्न सक्ने काेराेना भाइरसकाे नयाँ प्रकारका कारण विश्वभर चिन्ता र त्रास बढिरहेकाे छ । भाइरसकाे साेही उत्परिवर्तित प्रकारका कारण युराेपका कैयाैं मुलुकमा संक्रमणकाे तेस्राे लहर सुरु भएकाे छ । तर काेराेना भाइरसका सबै उत्परिवर्तित स्वरुप खतरनाक नहुने समेत प्राध्यापक हन्टरले बताए ।