घट्यो सुनको मूल्य, कति छ आज ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १३ चैत ।

नेपाली बजारमा शुक्रवार सुनको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा यस दिन छापावाल सुनको मूल्यमा प्रति तोला ६ सय रुपैयाँको गिरावट आएको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार, शुक्रवार छापावाल सुन प्रति तोला ८६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार, शुक्रवार तेजाबी सुनको मूल्य प्रति तोला ८५ हजार ८ सय ५० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन यस्तो सुन प्रति तोला ८६ हजार ४५० रुपैयाँ कायम भएको थियो ।

यस्तै, शुक्रवार चाँदी प्रति तोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

ज्योती लाइफको आइपिओ आज बाँडफाँड हुँदै, १२ लाख आवेदकको हात खाली

ज्योति लाइफ इन्सुरेन्सको आइपीओ केहीबेर पछि बाँडफाँड हुँदैछ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार शुक्रबार (आज) ज्योति लाइफको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँड हुने कार्यक्रम छ । ज्योती लाइफको आइपिओमाकुल ३ अर्ब ८० करोड ५७ लाख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सर्वसाधारणलाई बिक्री गरिएको ५९ लाख ४० हजार कित्तालाई आधार मान्दा ५ लाख ९४ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । १२ लाख १० हजार भन्दा धेरैको हात खाली हुनेछ ।

ज्योतिको आइपीओमा माग भन्दा बढी आवेदन परेकाले सेयर पाउने भाग्यमै पर पर्नुपर्ने भएको छ । १८ लाख ४ हजार ६४८ जनाले ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताका लागि आवेदन दिएका हुन । यो मागको तुलनामा ६.४ गुणा बढी हो ।