यी हुन् विश्वकै सबैभन्दा ठूलो गाला भएकी मोडल !

रामेछाप खबर संवाददाता


हरेक महिला आफू राम्रो भएको देख्न चाहन्छन् । त्यसैले आफू जतिसक्दो राम्रो बन्नको लागि उनीहरु खानपानको साथै फिटनेसमा पनि ध्यान दिन्छन् । त्यस्तै मोडल र अभिनेत्रीहरू कस्मेटिक सर्जरीको सहयोग लिन्छन् । साधारण मानिसले कस्मेटिक सर्जरी गर्न सक्दैन । किनभने यसका लागि लाखौँ रुपैयाँ खर्च हुन्छ ।
यूक्रेनकी मोडल अनास्तासिया पोक्रेशचुक विश्वमा आफ्नो गाला सबैभन्दा ठूलो भएको दाबी गर्छिन् । उनले यति ठूलो गाला बनाउन कस्मेटिक सर्जरी गराएर एक नयाँ लुक्स दिएकी छन् । एक रिपोर्टका अनुसार ३२ वर्षकी उनले आफ्नो अनुहारलाई नयाँ लुक्स दिन ६ वर्ष लगाएकी छन् । यसका लागि उनले २१ सय डलर खर्च गरिन् ।

अनौठो च्यालेन्ज : महिलालाई जित्न सक्दैनन् कोही पुरुष !

सोसल मिडियामा विभिन्न प्रकारका च्यालेन्ज ट्रेण्डमा आउँछन् । यसपटकको च्यालेन्जको नाम सेन्टर अफ ग्रेभिटी रहेको छ । इन्स्टाग्राम र दोश्रो सोसल मिडिया प्रयोगकर्ता लगातार यस च्यालेन्जलाई पूरा गर्ने प्रयासमा हुन्छन् ।

यो च्यालेन्जलाई लिएर एउटा अर्को तथ्य बाहिरिएको छ । यो काम पुरुषले राम्रोसँग गर्न सक्दैनन् तर महिलाले यो काम सहजै गर्न सक्दछन् ।

के हो सेन्टर अफ ग्रेभिटी ?

यो च्यालेन्ज घुँडाको सहयोगले बस्नुपर्ने हो । यो समयमा तपाई पूर्ण रुपमा झुकेको देखिनुहुन्छ । त्यसपछि दुवै हात घाँटीमा लगाउनुपर्ने हुन्छ । केही समयपछि एक हात कम्मरमा लैजानुपर्दछ र अर्को हात घाँटीमै राख्नुपर्दछ ।

एक हात पछि लगेपछि अर्को हात पनि पछाडी लैजानुपर्ने हुन्छ । यो च्यालेन्जलाई अब यत्तिकैमा रोक्नुपर्ने हुन्छ । यो च्यालेन्ज गर्दा तपाईले समय सुरक्षाको ध्यान राख्न आवश्यक छ । यदि यसमा तपाई असफल भए तपाईलाई नाकमा चोट पनि लाग्न सक्छ । यसका कारण केही पुरुषलाई चोट पनि लागिसकेको छ ।