विवाहमा डोली चढ्न लागेकी बेहुलीको रुँदारुँदै मृत्यु

रामेछाप खबर संवाददाता

विवाह एउटा पवित्र बन्धन हो । विवाह आफ्नो परम्पराअनुसार गरिन्छ । हाम्रो हिन्दू धर्मावलम्बीहरुको अनुसार विवाहमा बेहुली अन्माएपछि डोली चढाएर बिदा गरिन्छ । बेहुली बेहुलाको घर जाने क्रममा डोली चढ्दा धेरै रुन्छन् । एउटा यस्तै घटना भारतको ओडिशामा पनि भएको छ । विवाह सकिएपछि डोली चढाउने बेला बेहुली यति धेरै रोइन् कि, उनको मृत्यु भयो ।

भारतको ओडिशास्थित सोनपुरमा यो घटना भएको थियो । त्यहाँकी मुरली साहूकी छोरी रोजीको बलांगीर जिल्लाको टेटलगाउँ निवासी बिसीकेसनसँग विवाह हुँदै थियो । विवाहको सबै कर्म सकियो । त्यसपछि बेहुलीलाई डोली चढाउन लाग्दा उनी यति धेरै रोइन् कि उनको मृत्यु भयो ।

उनी डोली चढाउन लाग्दा बेहोस भएर जमीनमा ढलेको र मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । रुने क्रममा उनलाई हृदयघात भएर मृत्यु भएको हुन सक्ने चिकित्सकले बताएका छन् ।

सुन्दरी छोरीसँग विवाह गर्नेलाई दुई करोड दिने बाबुको घोषणा !

थाइल्याण्डका एक करोडपतिले आफ्नी कुमारी छोरीसँग विवाह गर्ने केटालाई दुई करोड भन्दाबढी रकम दिने घोषणा गरेका छन्। थाइल्याण्डको दक्षिणी प्रान्त चुन्फोन प्रदेशका करोडपति अर्नोन राेडथोंगले छोरी कार्नसितासँग विवहा गर्नेलाई उक्त रकम दिने घोषणा गरेका हुन्। कार्नसिता २६ वर्षकी छन्। उनले ब्याच्लर पढेकी छन् भने चिनियाँ र अंग्रेजी भाषा बोल्न सक्छिन्। ५८ वर्षका अर्नोन फलहरूको फार्मका मालिक हुन्।

उनले आफ्नी छोरीसँग विवहा गर्ने केटामा तीन योग्यता हुनु पर्ने बताएका छन्। केटा स्मार्ट हुन जरुरी छैन तर पढ्न लेख्न जानेको हुनुपर्छ । अल्छी हुुनु हुँदैन परिश्रमि हुन जरुरी छ। पैसाका बारेमा कन्जुस र फलहरूलाई माया गर्ने हुन जरुरी छ। उनले सामाजिक सञ्जालमा आफ्नी छोरी कुमारी रहेको र पारिवारिक व्यापारमा सहयोग गर्ने गरेको उल्लेख गरेका छन् ।

विवाहका लागि राष्ट्रियताको सीमा जरुरी नभएको उनले बताएका छन्। छोराहरू भएपनि विवाहपछि सबै सम्पत्ति ज्वाँइलाई दिने उनले बताएका छन्। साथै व्यापार पनि सम्हालनु पर्ने छ। मिररको रिर्पोट अनुसार उनी छोरीको विवाह नभएका कारण तनाबमा छन् र यस्तो फैसला गरेका हुन्।