चुरोटको लत लागेको छ ? अलैंचीले छुटाइदिन्छ !

रामेछाप खबर संवाददाता


अलैंचीमा भएको पोषक तत्त्व र औषधीय गुणले स्वास्थ्यका सही राख्न मद्दत गर्छ । अनि यसले चुरोटको लत पनि हटाइदिन्छ । अलैंचीमा पोषक तत्त्वका साथै अल्फा टेरपिन, लाइमोनीन, माइकेनिन र मेंथोफोन जस्ता गुण हुन्छन् ।

यस्तालाई दिनमा चारपटक चपाउँदा पनि चुरोटको तलतल घट्छ अनि निकोटिन नपाइँदा हुने छटपटी र चिन्ताबाट पनि आराम दिन्छ । राति राम्रो निद्रा आउने र दिमागलाई शान्ति दिने काम पनि गर्छ । लगातार सात हप्तासम्म सूप र अलैंची एकसाथ खाँदा निकोटिनको लत नियन्त्रणमा आउँछ । अनि पाचन दुरुस्त भएर पेटको समस्या पनि घट्छ ।

यसबाहेक अमला, सूप र अलैंचीलाई बराबर मात्रामा चूर्ण बनाउनुस् । अनि चुरोट वा बिडी पिउन मन हुँदा यस मिश्रणको एक चम्चा खानुस् । यसलाई बिस्तारै चपाईचपाई खानुस् । यसले लत पनि छुटाउँछ अनि पेट पनि सफा गर्छ ।

जाडोमा बढ्छ कोलेस्ट्रोल, कसरी रहने सुरक्षित ?

काठमाडौं – बिस्तारै जाडोयाम सु्रु हुँदैछ । जाडो याममा बिहान चिसो छ भनेर अल्छि मानेर बस्ने बानी पनि हुन्छ । जाडोयाममा शारीरिक अभ्यास गर्न अल्छी मानेर बस्दा शरीरमा कोलेस्ट्रोल बढ्ने खतरा रहने स्वास्थ्य विज्ञ बताउँछन् । जाडो याममा घाम कम लाग्ने कारण शरीरले भिटामिन डी कम मात्रामा सोस्न पाउँछ ।

भिटामिन डीको कमी हुँदा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्न जान्छ । प्रशस्त मात्रामा घाम लागेको बेला शरीरले पर्याप्त मात्रामा भिटामिन डी सोस्न पाउँछ । यसले शरीरमा कोलेस्ट्रोलको मात्रा बढाउने कारण कलेजो सम्बन्धी विभिन्न रोगहरु लाग्ने खतरा हुन्छ । नियमित शारीरिक अभ्यास गरेको खण्डमा कलेजो सम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । मौसम अनुसार खानपिन अलग अलग हुनेकारण शरीरमा कोलेस्ट्रोलको मात्रा घटबढ भइरहन्छ ।

मोटोपनबाट समस्याग्रस्त र मधुमेहको समस्या भएका व्यक्तिमा ८० प्रतिशतसम्म कलेजो सम्बन्धी रोग लाग्ने सम्भावना बढी हुन्छ । डा. सन्जय सिंहले भने ‘कलेजोले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउने काम गर्छ । चिसोमा अल्कोहल पिउनु राम्रो मानिँदैन् । जाडोमा लसुन खाँदा यसले शरीरमा रहेको विषाक्त तत्वलाई हटाउँछ ।

त्यस्तै तपाईँले तपाईँले दैनिक शारीरिक अभ्यास वा योगा गर्ने, बोसो रहित खाना खाने, धुम्रपान नगर्ने, शरीरको तौल बढ्न नदिई कोलेस्ट्रोलको खतराको रोकथाम गर्न पनि सक्नुहुन्छ ।

कलेजो सफा गर्ने सेलेनियम र अलिसिन तत्वलाई बढाउन लसुनले मद्दत गर्छ । ग्रीन टी पिउँदा पनि शरीरमा रहेको विषाक्त तत्वलाई हटाएर लिभर सफा गर्ने काम गर्छ । बोल्डस्काई