ओली नहट्दा बाबुरामलाई तनाव, देउवालाई भने : यसरी त भएन है

रामेछाप खबर संवाददाता

काठमाडौं, १२ चैत्र ।

प्रधानमन्त्री केपी सरकार नेतृत्वको सरकार ढाल्न अग्रसर नभएपछि जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि कटाक्ष गरेका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले देउवामाथि शाब्दिक झटारो हानेका छन्। उनले सभापति देउवा र कांग्रेसको नाम नलिइ प्रतिपक्षी दल आफ्नो धर्म पूरा गर्न चुकेको आरोप पनि लगाएका छन्। आफ्नै पार्टीका नेताहरुले सरकारमै जान सक्ने बताइरहेका बेला भट्टराईले सामाजिक सञ्जालमा यस्तो भनेका हुन्।

‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनैपनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो’, उनले ट्विटरमा भनेका छन्, ‘असंवैधानिक ढंगले संसद विघटन गर्न असफल भएपछि नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकूल भएन है!’

फागुन २३ मा साविकका एमाले र माओवादी केन्द्र फर्किएपछि ओली झन् शक्तिशाली भएका छन्। ओलीलाई हटाउन कांग्रेस, माओवादी र जनता समाजवादी पार्टीको मत नमिल्दा बाबुरामलाई तनाव भएको छ। उनकै दल पनि अहिले ओलीको पक्ष र विपक्ष दुई धारमा विभाजित भएको छ।

बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि वेला वैकल्पिक सरकार दिन वा नयॅा निर्वाचनमा जान तयार रहने हो।अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुन:नयॅा प्रपंच गरिरहेको ओली सरकारलाई विदागर्न ढिलाइगर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है!