फोटोका लागि यी हिरोइनले कस्तो पोज दिइन् जसका कारण सार्वजनिक माफी माग्नुपर्‍यो ?

रामेछाप खबर संवाददाता

काठमाडौं।

सामाजिक संजालमा भाइरल भएको च्यालेन्जको लागि फोटो खिचाउँदा एक अभिनेत्रीले सार्वजनिक रुपमा माफी माग्नुपरेको छ । चीनमा अहिले म्यानहुवा वेस्ट च्यालेन्ज अहिले निके ट्रेन्ड गरिरहेको छ । यो च्यालेन्जमा मानिसहरु आफ्नो शरीरको लचकता र पातलो कम्मर देखाउने कोसिस गर्छन् । मानिसहरु आफूलाई सर्थजस्तो लचिलो खेखाउने कोसिस गर्छन् ।

चर्चित अभिनेत्री यांग मीले पनि यो च्यालेन्ज स्वीकार गरिन् र सामाजिक संजालमा यो च्यालेन्ज पूरा गर्दै गरेको आफ्नो फोटो राखिन् । पहिले त उनले आफ्नो फिटनेसका कारण धेरै प्रशंशा पाइन् । तर, पछि यो प्रशंशा आक्रोशमा बदलियो र कैयौं मानिसहरुले उनको आलोचना गर्न सुरु गरे । यो आलोचनाको कारण थियो – फिटनेसको नाममा भाइरल भइरहेको यो च्यालेन्ज पूरा गर्ने क्रममा घाइते हुन पनि उत्तिकै खतरा हुन्छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार सबैको रोल मोडल मानिने अभिनेत्री यांग मीले यो च्यालेन्जलाई समर्थन गर्दा धेरै मानिसहरुलाई खतरामा पारेको भन्दै उनको आलोचना भयो । आलोचनापछि अभिनेत्रीले पोस्ट डिलिट गरेकी छिन् । उनले यस विषयमा सार्वजनिक रुपमा माफी पनि मागेकी छिन् ।

यांग मीले जारी गरेको बयानमा भनिएको छ ‘मैले एक मुस्किल च्यालेन्ज देखें र त्यसलाई पूरा गर्ने कोसिस गरें । तर अब थाहा भएको छ कि त्यो च्यालेन्ज ठिकसँग गरिएन भने मानिस घाइते हुन सक्छ । म माफी चाहन्छु । म आशा गर्छु कि सबै फिट रहनुस् र आवश्यक स्ट्रेचिङ पनि गर्नुस् तर आफ्नो शरीरको ध्यान राख्नुस् । म पनि भविष्यमा अझै सावधान रहनेछु । फेरि माफी चाहन्छु ।’