फेरी एक्कासी बढ्यो सुनको मुल्य, तोलाको कती ?

रामेछाप खबर संवाददाता

काठमाडौं, १२ चैत्र ।

केही समय यता सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिने क्रम जारी छ । हिजो घटेको सुनको भाउ बिहीबार भने तोलामा २०० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ८६ हजार ९०० रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन बुधबार सुनको भाउ ८६ हजार ७०० रुपैयाँ रहेको थियो ।

आज तेजावी सुन भने प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार हुनेछ । यता, चाँदीको भाउ भने घटेको महासंघले जनाएको छ । बुधबार तोलामा एक हजार २४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज भने प्रतितोला १० रुपैयाँले घटेर एक हजार २३० रुपैयाँ कायम भएको हो ।

चन्द्रागिरीको शेयर मुल्यमा आज पनि सर्किट, कति पुग्यो मुल्य ?

काठमाडौं – आज पनि चन्द्रागिरीको शेयर मुल्य सर्किट लागेको छ । आज उक्त कम्पनीको शेयर मुल्य १० प्रतिशतले बढेर २ हजार माथिको विन्दुमा पुगेको हो ।

हिजो उक्त कम्पनीको शेयर मुल्य रु. १८९० रहेको थियो । आज त्यो १८९ रुपैयाँ बढेर १०७९ रुपैयाँ पुगेको हो । आज १९८४ मा उक्त कम्पनीको पहिलो शेयर कारोबार भएको थियो । नेप्सेको मार्केट डेप्थअनुसार उक्त कम्पनीको शेयर खरिद गर्ने लगानीकर्ताको चाप छ । तर, बिक्री गर्ने कोही आएका छैनन् ।
उक्त कम्पनीको शेयर मुल्यमा पछिल्लो समय लगातार सकरात्मक सर्किट लाग्दै आएको छ