पहिले कुकुरलाई भ्याक्सिन लगाएको छ भन्थिन् मलाइका, अहिले आफूलाई

रामेछाप खबर संवाददाता

काठमाडौं, १२ चैत्र ।

बलिउड अभिनेत्री मलाइका अरोडा खान अहिले पनि सामाजिक सन्जालमा निकै सक्रिय भइरहेकी हुन्छिन् । अनि उनले सामाजिक सन्जालमा जे पोस्ट गर्छिन्, त्यसलाई आधार बनाएर भारतीय मिडियामा ठूलो चर्चा गरिएको हुन्छ ।

अहिले पनि त्यस्तै भएको छ । मलाइकाले सामाजिक सन्जाल इन्स्टाग्राममा एउटा फिट तथा बोल्ड तस्वीर अपलोड गरेकी छिन् ।

अनि योसँगै सेयर पनि गरेकी छिन्, केही किस्सा । अहिले भारत कोरोनाभाइरसका कारण आक्रान्त बनेको छ । मलाइकाले पनि यही विषयमा आफ्नो पोस्ट गरेकी छिन् । उनले यो किस्सामा लेखेकी छिन्– पहिले घरमा पाहुना आउँदा हाम्रो कुकुरले भ्याक्सिन लगाएको छ भनिन्थ्यो, अहिले पाहुना आउँदा आफूले भ्याक्सिन लगाएको छु भन्ने गरेकी छु ।

कंगनाको नयाँ फिल्म ‘थलाइवी’ ट्रेलरः साउथमा प्रशंसा नै प्रशंसा, बलिउडमा सन्नाटा

बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाको यो फिल्म तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित छ ।

यो फिल्मको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको खुलेर प्रशंसा गरेका छन् । कंगनाको नयाँ फिल्मको पहिलो लुक्स आएदेखि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान जनाएका छन् ।

यता, बलिउडमा भने कंगनाको फिल्मको विषयमा कसैले कुनै प्रतिक्रिया जनाएका छन् । भर्खरै रिलीज भएको अभिनेत्री आलिया भट्टको फिल्म ‘गंगुबाई काठियावाडी’ को टीजरलाई लिएर अभिनेत्री प्रियंका चोपडा, अक्षय कुमार, करण जौहर, वरुण धवन र नितु कपूर जस्ता सेलिब्रेटीले निकै प्रशंसा गरेका छन् । तर, कंगनाको विषयमा भने कुनै पनि प्रतिक्रिया जनाएनन् ।