कोरोनाविरुद्धको खोप लगाएसँगै किन भए सलमान ट्रोलको सिकार ? यस्तो छ कारण

रामेछाप खबर संवाददाता

मुम्बई, १२ चैत्र ।

बलिउड अभिनेता सलमान खानले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । सलमानले बुधबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिएका हुन् ।
उनले ट्विटरमा लेखेका छन्, “आज भ्याक्सिनको पहिलो डोज लगाएँ ।” सलमानको यो ट्विटसँगै उनी ट्रोलको सिकार भएका छन् । कति ट्विटर प्रयोगकर्ताले उनको प्रशंसा गरिरहेका छन् भने कतिले उनको मजाक बनाइरहेका छन् ।

सलमानको मजाक उदाउँदै ट्विटर प्रयोगकर्ताहरुले उनलाई ‘बूढो’को संज्ञा दिएका छन् । सलमानअघि मंगलबार मात्रै अभिनेता सञ्जय दत्तले पनि कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाएको तस्बिर ट्विटरमार्फत सार्वजनिक गरेका थिए । हेमा मालिनी, कमल हसन, जोनी लिवर, राकेश रोशनलगायतले पनि खोप लगाइसकेका छन् । नवभारत टाइम्सबाट ।

बलिउड मौन रहे पनि कंगनाको ‘थलाइवी’ ट्रेलरलाई साउथले गऱ्यो खुलेर प्रशंसा

मुम्बई– अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को ट्रेलरले दर्शकको मात्र होइन सेलिब्रेटीहरुको समेत मन जितेको छ । फिल्ममा कंगनाले तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जय ललिताको चरित्र निर्वाह गरेकी छिन् । फिल्मको ट्रेलर सार्वजनिक भएपछि दक्षिण भारतीय फिल्मका हस्तीहरुले फिल्मका कंगनाको लूक तथा उनको कामको प्रशंसा गरेका छन् ।

यता, बलिउडका अधिकांश सेलिब्रेटीहरुले भने ट्रेलरप्रति कुनै प्रतिक्रिया जनाएका छैनन् । थलाइवीको ट्रेलरमा बलिउडका दिग्गज कलाकारहरु मौन रहनुलाई किन पनि महत्वपूर्ण मानिएको छ भने हालै आलिया भट्टको नयाँ फिल्म ‘गंगूबाई काठियावाडी’ को टीजर रिलिज हुँदा प्रियंका चोपडा, अक्षय कुमार, करण जौहर, वरुण धवन, नीतू कपूर जस्ता कलाकारहरुले प्रशंसा गरेका थिए ।

यद्यपि, कंगनाको फिल्मको ट्रेलरलाई भने दक्षिण भारतीय सेलिब्रेटीहरुले मात्र प्रशंसा गरेका छन् । कंगना रनौतले पछिल्लो समय बलिउडमा नेपोटिज्मको विरुद्ध आवाज उठाएकी थिइन् र यही कारणले आलिया भट्ट तथा अन्य स्टार किड्सहरु प्रति प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रश्नहरु उठाइएका थिए ।

पछिल्लो केही समयदेखि कंगना प्राय: विवादमा आइरहेकी छिन् । किनभने भने उनले सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणमा खुलेर कुरा गरिन्, जबकि सम्पूर्ण बलिउड त्यो प्रकरणमा मौन रह्यो ।

यसबाहेक मुम्बईको तुलना पाकिस्तानसंग गरेर पनि कंगना विवादमा आइन् । यतिमात्र होइन उनको महाराष्ट्र सरकारका अधिकारीसंगको विवाद, मुम्बई महानगरपालिकासंगको विवाद, किसान आन्दोलनको क्रममा भएको विवाद तथा अन्य राजनीतिक मुद्दाहरुमा खुलेर बोलेका कारण उनी चर्चामा रहिन् ।

थलाइवीको ट्रेलरप्रति बलिउड मौन रहे पनि दक्षिण भारतका अधिकांश कलाकारहरुले कंगनाको प्रशंसा गरेका छन् ।

अभिनेता विशालले त कंगनाको तुलनामा भगत सिंहसंगै गर्दै ट्वीट गरेका छन्–‘डियर कंगना, तिम्रो हौसलालाई सलाम । के सही हो र के गलत भन्ने कुरामा बोल्न तिमी एक क्षण पनि सोच्दिनौ । त्यो तिम्रो नीजि कुरा थिएन, तर पनि सरकारप्रतिको रिसको शिकार भयौ, तिमी झन् मजुबत भएर उभियौ, जसले निकै ठूलो उदाहरण प्रस्तुत गर्दछ । यो केही हदसम्म उनको जस्तै हो, जुन १९२० मा भगत सिंहले गरेका थिए ।’

दक्षिण भारतका अर्का स्टार प्रशान्तले कंगनाको प्रशंसा गर्दै लेखेका छन्–‘लेडिज एण्ड जेन्टलम्यान, प्रस्तुत छ कंगनाको पाँचौं नेशनल अवार्ड प्रस्तुति ।’

राजा सेनले प्रशंसा गर्दै लेखेका छन्–‘थलाइवीको ट्रेलरले मलाई तत्काल जिज्ञासाहरुले भरिदियो । कंगना एक अतुलनीय कलाकार हुन्, जसले तपाईंलाई आकर्षित गर्छिन्, अरविन्द स्वामी यसमा एकदम सही छनोट भएको देखिएको छ । अब फिल्मको प्रतिक्षा छ ।’