सत्ता समीकरणकै लागि फुट्नसक्छ जसपा

रामेछाप खबर संवाददाता

काठमाडौं, १२ चैत्र ।

प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच मंगलबार बालुवाटारमा सत्ता समीकरणको सबाल गम्भीर छलफल भयो। छलफलमा प्रधानमन्त्रीले सरकारमा सहभागी हुन आग्रह गरेका थिए। तर जसपा नेताहरुले यसअघि कै अडान दोहोर्‍याए।

उनीहरुले पहिलो नम्बरमा सांसद रेशम चौधरीको रिहाई, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने र थरुहट मधेस आन्दोलनका क्रममा आफ्ना नेता-कार्यकर्ताहरुलाई लगाएको झुटा मुद्दा फिर्ता गर्नुपर्ने बताएका थिए। जसपाको मागमा सरकारले तत्काललाई रेशम चौधरीलाई रिहाइ गरेर बाँकी सत्ता गठबन्ध बनिसकेपछि क्रमिकरुपमा पूरा गर्दै जाने आश्वासन दिएका थिए।

सरकार र जसपाबीचको वार्ता सकारात्मक भएको एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले बताए। तर अहिल्यै कुनै निष्कर्षमा नपुगेको उनको भनाइ थियो। रेशम चौधरीको रिहाइ, मधेस आन्दोनसँग सम्बन्धित विषयमा कुरा भएको तर सत्ता साझेदारीको विषयमा कुरा नउठेको उनले बताए।

जसपाका सांसद रामबाबु यादव भने कुनै पनि शक्तिले पार्टीलाई फुटाउन नसक्ने बताए। ‘आन्तरिक द्वन्द्व जुनसुकै पार्टीमा हुन्छ। सबै नेताको विचार एकमत नहुनसक्छ। तर पार्टी फुट्ने फुटाउने सबाल बिल्कुलै गलत हो। कुनै शक्तिले जसपा फुटाउन सक्दैन,’ उनले भने।
यता जसपाका नेता लक्ष्मणलाल कर्णले पनि आफूहरुले माग राखेको तर आश्वासनबाहेक केही नपाएको गुनासो गरे। ‘हामीले त्यहाँ ४ वटा विषयहरू उठाइरहेका छौँ। आश्वासन अस्तिदेखि पाइराख्या छौं। तर देखिने गरी काम आएकै छैन। काम हुनुपर्‍यो। त्यसपछि मात्रै हामी निर्णय गर्छौं भन्ने कुरा गर्‍यौं,’ उनले भने। जसपाले आफूहरुले उठाएका माग पूरा नभएसम्म सत्ता समीकरणको कुनै सम्भावना नरहेको बताउँदै आएको छ।

नमन्त्रीले हाम्रा पार्टीका नेता महन्थ ठाकुर, राजेन्द्र महतोसँग कुरा गरेपछि सबै ठीक हुन्छ भनेर सोच्नुएको छ भने उहाँ भ्रममा हुनुहुन्छ।’

यो पनि पढ्नुहोस्
जसपालाई फकाउँदै ओली, देउवा भन्छन्- ‘अविश्वासको प्रस्ताव पनि ल्याउँदैनौँ, सरकारमा नि जाँदैनौँ’
सत्ताकै लागि फुट्न सक्छ जसपा

सत्ता समीकरणका लागि जसपामा दुई धार देखिएपछि पार्टी फुट्ने सम्भावना पनि प्रबल रहेको नेताहरु बताउँछन्। पूर्व राजपा नेताहरु ओली सरकारमै सहभागी बनेर आफ्ना माग मुद्दा पूरा गराउन चाहन्छ भने पूर्व संघीय समाजवादीका नेताहरु ओली सरकारलाई ढालेर कांग्रेस-माओवादीसँग गठबन्धन बनाउन चाहन्छ।

यस्तै अवस्थामा रहिआए र भोलिका दिनमा ओली सरकारमा महन्थ, राजनेद्रहरु जान सहमति भए पार्टी फुट्क कसैले रोक्न नसक्ने जसपाका एक वरिष्ठ नेताले जानकारी दिए। ‘सरकारमै जाने कुराले जसपा फुट्नसक्ने सम्भावना बलियो छ। अब पार्टी फुट्दा एमाले-माओवादीजस्तै केही नेताहरु यता र उता हुने सम्भावना पनि छ,’ ती नेताले भने।

जसपाका सांसद रामबाबु यादव भने कुनै पनि शक्तिले पार्टीलाई फुटाउन नसक्ने बताए। ‘आन्तरिक द्वन्द्व जुनसुकै पार्टीमा हुन्छ। सबै नेताको विचार एकमत नहुनसक्छ। तर पार्टी फुट्ने फुटाउने सबाल बिल्कुलै गलत हो। कुनै शक्तिले जसपा फुटाउन सक्दैन,’ उनले भने।