कतिमा हुदैछ आज सुनचाँदीको कारोवार हेर्नुहोस्

रामेछाप खबर संवाददाता

काठमाडौं, ११ चैत्र ।

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य स्थिर छ । बुधबार अघिल्लै दिनको मूल्यमा सुन कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ८६ हजार ७०० रूपैयाँ छ भने तेजाबी सुनको मूल्य ८६ हजार २५० रूपैयाँ कायम गरिएको हो ।

सुनको मूल्य घटबढ नहुँदा चाँदीको मूल्य भने तोलामा १० रूपैयाँले घटेर प्रतितोला १२ सय ४० रूपैयाँमा किनबेच भइरहेको छ ।

नागरिक लगानी कोषको संस्थापक सेयर चैत १७ सम्म किन्न सकिने

काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक समूहअन्तर्गतको ४ लाख ६८ हजार ८ सय २८ कित्ता सेयर बिक्री गरिने भएको छ ।

बैंकले जारी गरेको सूचनाअनुसार न्यूनतम मूल्य १ हजार ५ सय २ रुपैयाँ ५० पैसा तोकिएको यस संस्थापक सेयरमा न्यूनतम १०० कित्ताको लागि आवेदन दिन सकिन्छ ।

उक्त संस्थापक सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघ–संस्था योग्य रहने बैंकले जनाएको छ । इच्छुक विद्यमान संस्थापक वा व्यक्ति, कम्पनी, संघ–संस्थाले यही चैत १७ गतेसम्ममा बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलमा आफूले लिन चाहेको दररेट शिलबन्दी बोलपत्रमार्फत आवेदन पेस गर्न सक्छन् ।